बागलुङको छुर्पी अमेरिका निर्यात

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक ५, २०८१
|
|
४७ पटक हेरिएको
Shares
बागलुङको छुर्पी अमेरिका निर्यात

सारांश

  • बागलुङ।
  • पछिल्लो समय यहाँ उत्पादित  छुर्पीले राम्रो बजार पाएको छ।
  • सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ।
बागलुङ। पछिल्लो समय यहाँ उत्पादित  छुर्पीले राम्रो बजार पाएको छ। सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ। यहाँ उत्पादित छुर्पी काठमाडौं हुँदै अमेरिका निर्यात हुने गरेको छ। बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ।
वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै  ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो। दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ। “दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ”, गौतमले भने।
दुग्ध उत्पादक सहकारी संघमा एक हजार पाँच सय किसान आबद्ध छन्। संघले किसानबाट संकलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ। संघले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ। सहकारीले गत आवमा सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ।
हाल सहकारी संघले छुर्पी प्रतिकिलो  एक हजार दुई सयमा बिक्री गर्दै आएको छ। सहकारीमा आबद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन्। सहकारी संघमा १६ कर्मचारीले संकलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताए।
कृषकले उत्पादन गर्ने, सहकारीले संकलन गर्ने र सहकारी संघले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ। दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत संघले बजारीकरण गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन
कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन
अध्यक्ष कार्कीले खोले डरलाग्दो तथ्य: देउवाले गायव पारे चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन !
अध्यक्ष कार्कीले खोले डरलाग्दो तथ्य: देउवाले गायव पारे चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन !
हङकङ अदालतद्वारा मिडिया टाइकुन लाइबिरूद्धकाे देशद्राेहकाे मुद्दा खारेज गर्न अस्वीकार
हङकङ अदालतद्वारा मिडिया टाइकुन लाइबिरूद्धकाे देशद्राेहकाे मुद्दा खारेज गर्न अस्वीकार
भ्रष्टाचार गरेको अख्तियारले किन देख्दैन!
अनुकूल मौसममा पनि देखिएनन् बेगनास तालमा पर्यटक
अनुकूल मौसममा पनि देखिएनन् बेगनास तालमा पर्यटक
राजधानीवासीलाई खुशीको खबर, दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने समझदारी
राजधानीवासीलाई खुशीको खबर, दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने समझदारी
‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को चौथो संस्करण सम्पन्न
‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को चौथो संस्करण सम्पन्न
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति
कोरोनाबाट आज ६ जनाको मृत्यु
कोरोनाबाट आज ६ जनाको मृत्यु
मनाेरञ्जन समाचार : प्रियंकासँगको विवाह किन रोक्न चाहन्थे निक?
मनाेरञ्जन समाचार : प्रियंकासँगको विवाह किन रोक्न चाहन्थे निक?

तपाईंले छुटाउनुभयो कि?