बागी उम्मेदवार दर्ता गरपछि काङ्ग्रेसका क्रियाशील सदस्य वाग्ले कारवाहीमा
सारांश
- काठमाडौँ ।
- नेपाली कांग्रेसका क्रियाशील सदस्य इच्छाबहादुर वाग्लेलाई पार्टीले कारबाही गरेको छ ।
- नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले वाग्लेलाई कारबाही गरेको हो ।
काठमाडौँ । नेपाली कांग्रेसका क्रियाशील सदस्य इच्छाबहादुर वाग्लेलाई पार्टीले कारबाही गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले वाग्लेलाई कारबाही गरेको हो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै वाग्लेलाई कारवाही गरेको जनाएको छ ।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि पार्टीको सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको जानकारी दिए ।
Sign up to get 100 USDT
Your article helped me a lot, is there any more related content? Thanks!