बाढीका कारण विधुत, नहर र पोलहरु बगाएपछि स्वास्थ्य सेवा प्रभावित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
बाढीका कारण विधुत, नहर र पोलहरु बगाएपछि स्वास्थ्य सेवा प्रभावित

सारांश

  • जाजरकोट , २९ भदौ।
  • गत साउन २८ गते आएको बाढीका कारण विद्युत्को नहर र पोलहरु बगाएपछि नलगाड नगरपालिकाको स्वास्थ्य सेवा प्रभावित भएको छ ।
  • प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे, ल्याब सेवालगायत अन्य सेवासमेत प्रभावित भएका छन् ।

जाजरकोट , २९ भदौ। गत साउन २८ गते आएको बाढीका कारण विद्युत्को नहर र पोलहरु बगाएपछि नलगाड नगरपालिकाको स्वास्थ्य सेवा प्रभावित भएको छ ।प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे, ल्याब सेवालगायत अन्य सेवासमेत प्रभावित भएका छन् । लामो समयदेखि विद्युत् सेवा सुचारु हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको हो । दैनिक एक्सरेका लागि आउने बिरामीलाई विद्युत्को अभावमा सेवा दिन मुस्किल भएको केन्द्रले बताएको छ ।

एक्सरे गर्न रुकुमको चौरजहारी, जाजरकोट सदरमुकाम आउनु पर्ने वाध्यता रहेको छ । त्यस्तै नलगाड नगरपालिकाको दैनिक कामसमेत प्रभावित भएको छ । दैनिक सेवा लिन आएका स्थानीयहरु हैरान भएका छन् । यहाँ रहेको छापाखाना समेत वन्द भएको छ ।जेनेरेटर चलाएर केही समय सेवा प्रवाह गरेपनि अधिकांश समय सेवा प्रभावित हुँदै आएको छ । नेपाल प्रहरीको सञ्चार सेवासमेत विद्युत् आपुर्ति नहुँदा अवरुद्ध भएको छ । विद्युत् नहुँदा यहाँका स्थानीयहरु मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्नसमेत नपाएको कालीमाटीका शिक्षक दिनेश ओलीले बताउनुभयो । नगरपालिकाकाभित्रका सबै सरकारी सेवासमेत ठप्प भएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलका अनुसार नलगाड नगरपालिकामा विद्युत् सेवा सुचारु गर्न ऊर्जामन्त्री वर्षमान पुनले विद्युत् प्राधिकरणलाई तत्काल ३० वटा पोल र आवश्यक मात्रामा तार उपलव्ध गराउन आदेश दिनुभएको छ ।आज नै विद्युत् प्राधिकरणले नेपालगञ्ज कार्यालयलाई पोल र तारका दिन परिपत्र गर्ने उहाँको भनाइ छ । आज नै आवश्यक सामग्री लिएर जाजरकोट जाने तयारी भएको रावलको भनाइ छ । यहाँका तीनबाट विद्युत् आयोजनामा भएको क्षतिको मर्मत स्थानीय तहबाट सो गर्न बजेट अपुग हुने भएपछि केन्द्रसँग आग्रह गरिएको नलगाडका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने
नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने
यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर
यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर
दशैँ शुरु हुनु तीन अघिदेखि नै कार्यालयहरु प्रमुखविहीन
दुधमति पुल निर्माणमा ढिलासुस्ती: लापरबाही गर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द
दुधमति पुल निर्माणमा ढिलासुस्ती: लापरबाही गर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द
‘दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं’
‘दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं’
आज कृष्ण जन्माष्टमी, श्रद्धाका साथ देशभर मनाइदै
आज कृष्ण जन्माष्टमी, श्रद्धाका साथ देशभर मनाइदै
सिंहले फेसबुक लाइभमा आफैंलाई गोली हाने, गम्भीर घाइते
सिंहले फेसबुक लाइभमा आफैंलाई गोली हाने, गम्भीर घाइते
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ; प्रहरी
४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ; प्रहरी
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !