बाढी पीडित भन्छन्– जसले बाढी रोक्ने ठोस योजना ल्याउँछ त्यसैलाई भोट

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
बाढी पीडित भन्छन्– जसले बाढी रोक्ने ठोस योजना ल्याउँछ त्यसैलाई भोट

सारांश

  • सप्तरी, भदौ २८ – तेस्रो चरणको चुनावको मिति नजिकिँदै गर्दा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
  • सप्तरीको १८ वटै स्थानीय तहमा भोट माग्नेहरुको लर्को देखिन्छ ।
  • भोट माग्ने उम्मेदवारहरुलाई मतदाताले विकास निर्माणको कामलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

सप्तरी, भदौ २८ – तेस्रो चरणको चुनावको मिति नजिकिँदै गर्दा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

सप्तरीको १८ वटै स्थानीय तहमा भोट माग्नेहरुको लर्को देखिन्छ । भोट माग्ने उम्मेदवारहरुलाई मतदाताले विकास निर्माणको कामलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

सप्तरीको राजविराज नगरपालिकाको जोलहरी मलेठका बासिन्दाले बर्सेनि  खाडो, महुली, जिता खोलाको बाढीले क्षति गरेको भन्दै यसलाई रोक्न सक्ने उम्मेदवारलाई मात्र भोट दिने बताए । देउरी भरुवाका बासिन्दाको भनाई पनि यस्तै छ ।

बाढीको प्रत्यक्ष मार खेप्दै आएका सप्तरीको तिरहुत गाउँपालिका, कंचनरुप नगरपालिका, हनुमानगर कंकालिनी नगरपालिका, वलान बिहुल गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका मतदाताहरुले पनि बाढीबाट हुने क्षति रोक्ने र स्थायी समाधान दिने उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका छन् ।

सप्तरीको ८ वटै गाउँपालिकामा रहेका हाटबजार, चिया खाजा पसल, पान पसल र ठाउँ ठाउँमा मतदाताहरु भेला भएर चुनावकै कुरा गर्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?