बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र ५, २०७३
|
|
४४७ पटक हेरिएको
Shares
बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र

सारांश

  • दुई वर्षपछि आफ्नो मावलीगाउँ तनहुँको चापाघाट आइपुग्दा क्रिकेटर ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय टोलीको कप्तानको भूमिकामा छन् ।
  • मावलीगाउँ आएकै मेसो पारी दमौलीको एक विद्यालयले मल्लसँग विद्यार्थीले भेट्ने वातावरण मिलायो ।
  • ससाना बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परेका ज्ञानेन्द्रले भने, ‘उनीहरूमा क्रिकेटप्रतिको गहिरो लगाव पाएँ।

दुई वर्षपछि आफ्नो मावलीगाउँ तनहुँको चापाघाट आइपुग्दा क्रिकेटर ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय टोलीको कप्तानको भूमिकामा छन् । मावलीगाउँ आएकै मेसो पारी दमौलीको एक विद्यालयले मल्लसँग विद्यार्थीले भेट्ने वातावरण मिलायो । ससाना बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परेका ज्ञानेन्द्रले भने, ‘उनीहरूमा क्रिकेटप्रतिको गहिरो लगाव पाएँ।’


सधैं पत्रपत्रिकामा छापिएको तस्बिर र टेलिभिजनको पर्दामा देखिने आफ्ना क्रिकेट नायकलाई आफ्नै आँखाअगाडि देखेपछि त्यो सुनौलो अवसरलाई आदर्श विद्यागृहका बालबालिकाले खेर जान दिएनन् । उनीहरूले ज्ञानेन्द्रलाई क्रिकेटसँग सम्बन्धित एकपछि अर्को प्रश्न ओइर्‍याउन थाले । देशमा क्रिकेट खेलको भविष्यबारे संक्षिप्त मन्तव्य दिएपछि ज्ञानेन्द्र पनि बालबालिकाद्वारा अघि सारिएका प्रश्नको शान्तपूर्वक जबाफ दिन थाले । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

कक्षा ८ मा अध्ययनरत अनुप प्रधानले सोधे, ‘तपाईंलाई क्रिकेटले के दिएको छ ? ‘ यो प्रश्नको उत्तर दिनुअघि केहीबेर घोत्लिए ज्ञानेन्द्र । अनि मन्द मुस्कानसहित जबाफ फर्काए, ‘क्रिकेटबाट मैले धेरै कुरा पाएको छु ।’ उनले क्रिकेटमा लागेकै कारण नेपालमा आफूलाई धेरै सम्मान दिने गरिएको भन्दै यसले आफूलाई गौरवान्वित बनाएको प्रतिक्रिया दिए ।

‘तपाईंलाई परिवारको सहयोग कस्तो छ ? ‘ छात्रा शिला पाण्डेको प्रश्नको उत्तर दिँदा क्रिकेटर ज्ञानेन्द्रले आफ्नो विगत सम्झन पुगे । ‘सुरुमा त परिवारका सदस्यले पोजेटिभ रूपमा लिनुभएको थिएन तर अहिले भने उहाँहरूले पनि बुझ्नुभएको छ । यतिबेला परिवारबाट पनि निकै राम्रो साथ पाएको छु’, भविष्यप्रति निकै आशावादी देखिएका ज्ञानेन्द्रले अगाडि थपे, ‘नेपाली खेल क्षेत्रमा लाग्ने धेरैले सुरुआती समयमा सामना गर्नुपर्ने समस्या हो तर अहिले खेल क्षेत्रलाई पनि सकारात्मक आँखाले हेर्न थालिएको छ ।’

करिब तीन सय क्रिकेटप्रेमी विद्यार्थीको अगाडि उभिएका ज्ञानेन्द्रसामु एकपछि अर्को दमदार प्रश्न बर्सने क्रम जारी थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्दो कम्मर स्वस्थ्यको लागि खतरनाक साबित हुनसक्छ !!!
बढ्दो कम्मर स्वस्थ्यको लागि खतरनाक साबित हुनसक्छ !!!
भोलिदेखि काठमाडौंमा नेपाल–भारत फ्रान्चाईज ईन्भेष्टमेन्ट कन्क्लेभ, प्रधानमन्त्रीले उद्धघाट्न गर्ने
भोलिदेखि काठमाडौंमा नेपाल–भारत फ्रान्चाईज ईन्भेष्टमेन्ट कन्क्लेभ, प्रधानमन्त्रीले उद्धघाट्न गर्ने
सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी
सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी
मन्त्री बीना मगरकाे गाडी कांग्रेसका कार्यकर्ताले नचिनेपछि…
मन्त्री बीना मगरकाे गाडी कांग्रेसका कार्यकर्ताले नचिनेपछि…
युरोपेली क्षेत्रमा बेरोजगारी दर घट्यो
युरोपेली क्षेत्रमा बेरोजगारी दर घट्यो
किन भाँडियो राप्रपा एकता ?
किन भाँडियो राप्रपा एकता ?
पोखराको सेती नदीको खोचमा परेका एक युवाको सुरक्षाकर्मीद्धारा उद्धार
पोखराको सेती नदीको खोचमा परेका एक युवाको सुरक्षाकर्मीद्धारा उद्धार
निर्मलाका हत्यारा पत्ता लाग्नेमा शंका
निर्मलाका हत्यारा पत्ता लाग्नेमा शंका
नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग
नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग
सार्कको १९औँ शिखर सम्मेलन शीघ्र हुने : प्रधानमन्त्री ओली
सार्कको १९औँ शिखर सम्मेलन शीघ्र हुने : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?