अझै टुंगिएन नेकपाको सांगठनिक एकता

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
७५ पटक हेरिएको
Shares
अझै टुंगिएन नेकपाको सांगठनिक एकता

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको सांगठनिक एकता टुंगो लगाउन गठित कार्य दलका सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ।
  •   पार्टीको सचिवालयको सोमबार बिहान बसेको बैठकले कार्यदलले बुझाएको प्रतिवेदनबारे टुंगो लगाउन कार्य दलका सदस्यहरुसँगै एक पटक सामूहिक छलफल गर्ने निर्णय गरेको हो।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको सांगठनिक एकता टुंगो लगाउन गठित कार्य दलका सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ। 

पार्टीको सचिवालयको सोमबार बिहान बसेको बैठकले कार्यदलले बुझाएको प्रतिवेदनबारे टुंगो लगाउन कार्य दलका सदस्यहरुसँगै एक पटक सामूहिक छलफल गर्ने निर्णय गरेको हो। यही फागुन नौं गते बिहान नौ बजे नै  कार्य दलका सदस्यहरुसँग सामूहिक छलफल गरेर पार्टीको सांगठनिक एकीकरण सम्बन्धि आवश्यक नीति र निर्णय लिने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

रामबहादुर थापा नेतृत्वको कार्य दल भित्र विवाद भएपछि पार्टी एकतासम्बन्धि टुंगो लगाउने कामलाई पूर्णता नदिई कार्य दलले आफ्नो प्रतिवेदन सचिवालयमा बुझाएको थियो। बैठकमा सो कार्य दलको बुझाएको प्रतिवेदनमाथि छलफल गर्दै सो सम्बन्धमा आवश्यक नीति र निर्णय लिन कार्यदलका सदस्यहरुसँग सामुहिक रुपमै छलफल गर्ने निर्णय गरिएको हो। 

पार्टीको सांगठनिक एकताको कामलाई टुंगो लगाउने जिम्मेवारी पाएको सचिवालय सदस्य थापा, महासचिव विष्णु पौडेलसहितको कार्य दलले अधुरो प्रतिवेदन बुझाएपछि त्यसलाई पूर्णता दिन सचिवालय बैठकले कार्य दलका सदस्यहरुसँग पुनः एक पटक छलफल गर्ने निर्णय गरेको हो। प्रदेश कमिटी गठनको निर्णय सच्याउन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अडान लिएपछि कार्य दलले आफ्नो कामलाई अघि बढाउन नसकेको थिएन। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङको गढवामा एमाले तथा राप्तीमा माओवादीको अग्रता
दाङको गढवामा एमाले तथा राप्तीमा माओवादीको अग्रता
एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै
एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै
भारतमा लम्ब्याइएको ‘लकडाउन’मा केही क्षेत्रलाई खुकुलो बनाइँदै
भारतमा लम्ब्याइएको ‘लकडाउन’मा केही क्षेत्रलाई खुकुलो बनाइँदै
प्रचण्डले चितवनमा दुई वटा रेल गुड्ने बताए
लैङ्गिक हिंसाका घटनामा वृद्धि
लैङ्गिक हिंसाका घटनामा वृद्धि
आगामी पुसमा राष्ट्रिय बाणिज्य बैंकमा पाँच सय ५० जनालाई जागिर
आगामी पुसमा राष्ट्रिय बाणिज्य बैंकमा पाँच सय ५० जनालाई जागिर
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना
मापदण्ड विपरितका घर टहरा निर्माण हुँदै
मापदण्ड विपरितका घर टहरा निर्माण हुँदै
डडेल्धुराको पहिलो मतपरिणाम : शेरबहादुर देउवाले अग्रता लिए (राति पौने १२ बजेको अपडेट
डडेल्धुराको पहिलो मतपरिणाम : शेरबहादुर देउवाले अग्रता लिए (राति पौने १२ बजेको अपडेट
चार दिनपछि खुल्यो बेनी–बाबियाचौर सडक: पश्चिमी म्याग्दीको जनजीवन सहज
चार दिनपछि खुल्यो बेनी–बाबियाचौर सडक: पश्चिमी म्याग्दीको जनजीवन सहज

तपाईंले छुटाउनुभयो कि?