बिजुलीको फलामे खम्बा सार्दा करेन्ट लागेर ४ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
बिजुलीको फलामे खम्बा सार्दा करेन्ट लागेर ४ जनाको मृत्यु

सारांश

  • धनगढी ।
  • डोटीको आदर्श गाउँपालिका–१ मा मंगलबार साँझ करेन्ट लागेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा सोही ठाउँका ३२ वर्षीय जयबहादुर खड्का, २४ वर्षीय लोकेन्द्रबहादुर खड्का, २३ वर्षीय वीरेन्द्र खड्का र २३ वर्षकै दिपे खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

धनगढी । डोटीको आदर्श गाउँपालिका–१ मा मंगलबार साँझ करेन्ट लागेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ३२ वर्षीय जयबहादुर खड्का, २४ वर्षीय लोकेन्द्रबहादुर खड्का, २३ वर्षीय वीरेन्द्र खड्का र २३ वर्षकै दिपे खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । झन्डै आठ मिटर लामो बिजुलीको फलामे खम्बा उखेलेर अन्यन्त्र सार्ने क्रममा ११ हजार भोल्टको प्रशारण लाइनमा छुँदा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घटनामा परी त्यसै ठाउँका २४ वर्षीय नारायण खड्का गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि डोटीको सिलगढीस्थित शैलेश्वरी अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?