बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र ‘इतिहासको जेल’ जापानमा प्रदर्शन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १५, २०७५
|
|
६१ पटक हेरिएको
Shares
बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र ‘इतिहासको जेल’ जापानमा प्रदर्शन

सारांश

  • काठमाडौँ, १५ साउन ।
  • पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको जेल जीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र जापानमा प्रदर्शन गरिएको छ ।
  • बिपीको ३७ औँ स्मृति दिवसको अवसर पारेर आइतबार र सोमबार बिपी चिन्तन एवं गणेशमान फाउण्डेशन जापान तथा बिपी संग्रहालय समिति काठमाडौँको संयुक्त आयोजनामा टोकियोमा सो वृत्तचित्र प्रदर्शनी गरिएको हो ।

काठमाडौँ, १५ साउन । पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको जेल जीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र जापानमा प्रदर्शन गरिएको छ ।

बिपीको ३७ औँ स्मृति दिवसको अवसर पारेर आइतबार र सोमबार बिपी चिन्तन एवं गणेशमान फाउण्डेशन जापान तथा बिपी संग्रहालय समिति काठमाडौँको संयुक्त आयोजनामा टोकियोमा सो वृत्तचित्र प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा कोइरालाको राजनीतिक इतिहास र जेल जीवनका बारेमा जानकारी समेत गराइयो । वृत्तचित्रमा बिपी, सर्वोच्च नेता गणेशमान सिंहले पञ्चायती शासनमा सुन्दरीजलको कारागारमा बिताएका जेल जीवनको अवस्थाबारे चित्रण गरिएको छ । कार्यक्रममा बिपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले सुन्दरीजल बन्दी गृहलाई संग्रहालय बनाउन गरिएको संघर्षका बारेमा स्मरण गराउनुभयो । बिपी चिन्तन तथा गणेशमान फाउण्डेशन जापानका अध्यक्ष डा बलराम श्रेष्ठले प्रजातान्त्रिक समाजवादी दर्शन र चिन्तन विश्वमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा बिपी चिन्तन तथा गणेशमान फाउण्डेसन जापानकी सचिव जापानी नागरिक इमुरा हिरोकोले प्रजातान्त्रिक नेता बिपीको जेल जीवनबारे वृत्तचित्र जापानमै हेर्न पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका संस्थापक अध्यक्ष राजन प्रधान, बुद्धिजीवी, सामाजिक, राजनीतिक दल तथा संघ संस्थाका प्रतिनिधि सहभागी भई वृतचित्र रुचिपूर्वक हेर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘ड्रिम वर्ल्ड एम्युजमेन्ट’ पार्क सञ्चालनमा
‘ड्रिम वर्ल्ड एम्युजमेन्ट’ पार्क सञ्चालनमा
रवि लामिछानेज्यू, अब सिधा कुरा जनतासँग होइन भूतसँग ?
रवि लामिछानेज्यू, अब सिधा कुरा जनतासँग होइन भूतसँग ?
८४ विद्यालयको सहभागिता रहने कास्की प्यावसन मिट मंसिर १३ देखि
८४ विद्यालयको सहभागिता रहने कास्की प्यावसन मिट मंसिर १३ देखि
बिराटनगरका विभिन्न क्षेत्रमा आज बिहानैदेखि निषेधाज्ञा
बिराटनगरका विभिन्न क्षेत्रमा आज बिहानैदेखि निषेधाज्ञा
चियाका बेर्ना उत्पादन शुरु
चियाका बेर्ना उत्पादन शुरु
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ
पूनम पाण्डे भन्दा हट आयशा
पूनम पाण्डे भन्दा हट आयशा
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
मुखमा बुजो लगाइदिएर बोलाए शेरबहादुर देउवाले कांग्रेसको बैठक
मुखमा बुजो लगाइदिएर बोलाए शेरबहादुर देउवाले कांग्रेसको बैठक
अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?
अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?

तपाईंले छुटाउनुभयो कि?