बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै सडकमै सुतेर विरोध

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २, २०७६
|
|
३६ पटक हेरिएको
Shares
बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै सडकमै सुतेर विरोध

सारांश

  • बुटवल–सिद्धार्थ राजमार्ग अन्तरगत रुपन्देहीको शंकरनगर क्षेत्रमा तिलोत्तमा नगरपालिकाले राखेका मुर्ति तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दै जनमुक्ति पार्टीले विरोध प्रदर्शन गरेको छ।
  • सोमबार दिउसो जनमुक्ति पार्टीका कार्यकर्ताहरु तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित मुख्य सडकमा सुतेर विरोध जनाएका थिए।
  • उनीहरुले मुर्ति तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन ढिलाइ भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

बुटवल–सिद्धार्थ राजमार्ग अन्तरगत रुपन्देहीको शंकरनगर क्षेत्रमा तिलोत्तमा नगरपालिकाले राखेका मुर्ति तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दै जनमुक्ति पार्टीले विरोध प्रदर्शन गरेको छ। सोमबार दिउसो जनमुक्ति पार्टीका कार्यकर्ताहरु तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित मुख्य सडकमा सुतेर विरोध जनाएका थिए। उनीहरुले मुर्ति तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन ढिलाइ भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

छानबिन समिति गठन गर्न माग


राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीको तिलोत्तमामा राखिएका बुद्धमुर्ति तोडफोड घटनाको छानबिन गर्न एआइजीको नेतृत्वमा टोली गठन गर्नुपर्ने माग गरेको छ।

गौतमबुद्धको जन्मस्थल रुपन्देहीमै पाँच वटा बुद्धका मुर्ति तोडफोड भएको घटनालाई सरकारले हल्का रुपमा लिएर प्रहरी नायब उपरिक्षकको नेतृत्वमा छानबिन टोली गठन गरेको भन्दै सो पार्टीले एआइजीको नेतृत्वमा छानबिन टोली गठन गर्न माग गरेको हो। बुद्धमुर्ति तोडफोड भएको एक महिना बितिसक्दा समेत तोडफोडमा संलग्नलाई कानूनी दायरामा नल्याएको बिरोधमा राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले तिलोत्तमाको मणिग्राममा आयोजना गरेको खबरदारी तथा बिरोधसभालाई सम्बोधन गर्दै सो पार्टीका उप-महासचिव तथा विदेश विभाग प्रमुख टोप अस्लामीले उक्त माग गरेका हुन्।

बुद्धका फोटा बेचेर र बुद्धकै नामबाट आय आर्जन गर्ने सरकारले बुद्धका मुर्ति तोडफोडको घटनालाई सामान्य रुपमा लिएको भन्दै उनले घटना घटेको एक महिना बितिसक्दा समेत तोडफोडमा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारले तदारुकता नदेखाउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।

दोषीलाई कानूनी कार्बाही नभए सामाजिक सद्भाव विथोलिन सक्ने भन्दै उनले मुलुकमा सामाजिक सद्भाव खल्बलिए त्यसको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै पुर्व सांसद विनोद पहाडीले बुद्धमुर्ति तोडफोडमा संलग्नलाई कानूनी दायरामा ल्याउन प्रदेशका मूख्यमन्त्रीले सूरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएपनि निर्देशन कार्यान्वयन नभएकोले मुख्यमन्त्रीको चाहना नै नभएको हो कि भन्ने प्रश्न उठेको बताए।
राष्ट्रिय जनमुक्ति पार्टीका प्रदेश अध्यक्ष झमबहादुर गुरुङ्गले जेसिभी र घनको प्रयोग गरेर राजमार्गमा रहेका बुद्धका मुर्तिहरु तोडफोड हुँदा पनि अपराधीहरु पक्राउ नपर्नु दुर्भाग्यपूर्ण रहेको बताए।

बुद्धकै नाम जोडेर प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाई रहेको अवस्थामा बुद्धका मुर्ती तोडफोडको घटनामा प्रदेश सरकार मौन रहेकोमा आपत्ति जनाए। दोषीलाई कानूनी दायरामा नल्याउदा सम्म पार्टीले आन्दोलन जारी राख्ने समेत उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो : १७ मजदुर सम्पर्कविहीन
सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो : १७ मजदुर सम्पर्कविहीन
नेपाली चलचित्र जगत्लाई अगाडि बढाउन राष्ट्रपतिको जोड
नेपाली चलचित्र जगत्लाई अगाडि बढाउन राष्ट्रपतिको जोड
नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु
आज माघे संक्रान्ति पर्व देशभर मनाइँदै
आज माघे संक्रान्ति पर्व देशभर मनाइँदै
डा भोला रिजाल : ‘करको लोभमा लकडाउन खुकुलो बनाईयो’
डा भोला रिजाल : ‘करको लोभमा लकडाउन खुकुलो बनाईयो’
हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली
हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीको सरकारमा दुई तिहाई पुर्याउने कसरत, उपेन्द्र यादवलाई जोड
प्रधानमन्त्री ओलीको सरकारमा दुई तिहाई पुर्याउने कसरत, उपेन्द्र यादवलाई जोड
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
प्रमुख आयुक्तको टिप्पणीः अरु बेला गम्छा नदिने, चुनावमा टि-शर्ट बाँड्ने ?
प्रमुख आयुक्तको टिप्पणीः अरु बेला गम्छा नदिने, चुनावमा टि-शर्ट बाँड्ने ?
काठमाडौंमा एकैदिन १३८ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन १३८ जना कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?