“भगवान्ले मलाई पालेको छ”

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १७, २०७४
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १७ साउन ।
  • मूर्तिकार रामकृष्ण भण्डारीले बूढानीलकण्ठको आठ वटा ढुङ्गाको मूर्ति बनाइसक्नुभएको छ ।
  • विसं २०५०–५१ मा पिता कुलमानसिंह भण्डारीसँग नारायणस्थान पुग्नुभएका रामकृष्णले १ देखि ३ फिटसम्मको बूढानीलकण्ठको मूर्ति बनाउनुभएको छ ।

काठमाडौँ, १७ साउन । मूर्तिकार रामकृष्ण भण्डारीले बूढानीलकण्ठको आठ वटा ढुङ्गाको मूर्ति बनाइसक्नुभएको छ ।
विसं २०५०–५१ मा पिता कुलमानसिंह भण्डारीसँग नारायणस्थान पुग्नुभएका रामकृष्णले १ देखि ३ फिटसम्मको बूढानीलकण्ठको मूर्ति बनाउनुभएको छ । “सुरुमा बुवाले मूर्तिको स्केच तयार गर्नुभयो, त्यसपछि बुवासँगै मूर्ति बनाउन शुरु गरेँ, अब त सजिलैसँग मूर्ति बनाउँछु”रामकृष्णले भन्नुभयो ।
काठमाडौँको उत्तरी भागमा शिवपुरीको फेदीमा बूढानीलकण्ठ नगरपालिकामा रहेको जलाशायी शेषनागका पाशमा रहेका बूढानीलकण्ठको मूर्ति शताब्दीको मानिन्छ । प्रस्तरमूर्तिको सो मूर्ति बाइस फिट लम्बा र १२ फिट चौडाको छ । नेपाली प्रस्तरमूर्तिमा यसभन्दा ठूलो अर्काे मूर्ति छ्रैन । लिच्छविकालका राजा विष्णु गुप्ताले आफ्नो राज्यकालमा विसं ६९७ मा सो मूर्ति बनाएको बताइएको छ । प्रतापमल्लले हनुमानढोका र बालाजुमा पनि सो मूर्तिको प्रतिकृति बनाएका थिए ।
रामकृष्णले बनाएका मूर्ति नयाँ नैकाप भञ्जाङ, कीर्तिपुर ट्यांला फाँट शिवालय, नगाउँ, तीनथाना, रामेश्वर मन्दिर, ढुंगेअड्डा, चिरायु भण्डारी, तीनथाना, शिव राउत, तीनथाना, र तीर्थ प्रधान, टयांलाफाँटमा राखिएको छ भने एक मूर्ति उहाँको आफ्नै घरमा छ ।
शङ्ख,चक्र, गदा र पद्म(विगुतको डल्लो देखिने) सहितको सो मूर्ति बनाउन पहिले निकै समय लागे पनि पछि हात बस्दै गएपछि सजिलो भएको ५९ वर्षीय मूर्तिकार भण्डारी बताउनुहुन्छ ।
सो मूर्ति उहाँले रु १६ हजारदेखि ५० हजार पारिश्रमिक लिएर निर्माण गर्नुभएको हो । “ मलाई बूढानीलकण्ठ मूर्ति बनाउन अझै मन लागेको छ, अब सानो आकार बनाउँछु होला, मुड चल्यो भने बनाइहाल्छु ”, उहाँले भन्नुभयो । भर्खरै मनाइएका नागपञ्चमीका बेलामा पनि उहाँले ‘अर्डर’ आएबमोजिम नागका दुइटा बनाउनुभयो र बिक्री गर्नुभयो ।
कुलमानसिंह र रामकृष्ण मन्दिर गएका बेला मूर्तिमा टेकेर पुजारी र भक्तजन हिँडेकाले डोब देखिएकाले त्यसले मूर्तिलाई बिगारेको उहाँको भनाइ छ । अहिले टाढैबाट मूर्तिको दर्शन र पूजा गर्नुपर्ने व्यवस्था गरिएको छ । “नागहरु सपनामा आउँथेँ, रुखका गुँडमा बसेका भङेरा र सारौँका बच्चा र अण्डा खान पनि सर्पहरु आउँथेँ, चराहरु कराएपछि सर्प आएको थाहा हुन्थ्यो” उहाँले आफ्नो सर्पसम्बन्धी अनुभव सुनाउनुभयो ।
उहाँले बूढानीलकण्ठ स्थानमै केही समय बसोबास गरेका खप्तड स्वामीका पनि पाँच मूर्ति बनाउनुभएको छ । “नारायण र भगवतीको मूर्ति त मैले आजै बनाएँ” यही साउन १६ गते रासससँग कुरा गर्दै रामकृष्णले बताउनुभयो । हालसम्म राजनीतिक व्यक्तित्व र देवीदेवताका गरी हजारौँ मूर्ति बनाउनुभएका उहाँको जीविका तिनै मूर्ति बनाएर चलेको छ ।
“वास्तवमा म धार्मिक मान्छे होइन, तैपनि भगवान्ले नै मलाई पालेका छन्, यो मेरो जीवनको विरोधाभास पनि हो” कीर्तिपुर नगरपालिका–१०, चिठु निवासी मूर्तिकारले भन्नुभयो, घरखर्च नभएका बखत गणेशको मूर्ति बनाउँदा तुरुन्तै बिक्ने गरेको छ ।” कीर्तिपुर बाघभैरव, उमामहेश्वर, चिलञ्चो विहार, ल्होँ देवल, गणेश मन्दिर, महाङ्काल, बुद्धका अवतार, चिठु बहिली, शङ्खधर साख्वा, चार शहीद(राराहिल)लगायत मन्दिर, विहार र शालिकको क्षेत्र पनि हो । त्यहाँ रहेका धेरै धार्मिक मूर्तिमा पनि उहाँको छिनो परेको छ । कलाकारलाई बाँच्न गाह्रो नभएको उहाँको ४० वर्षको पेशागत अनुभव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने
दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने
‘ट्राभल एजेन्सी नै मानव तस्करीमा’ : ५ सय ३० कर्मचारी कारवाहीकाे सिफारिसमा
‘ट्राभल एजेन्सी नै मानव तस्करीमा’ : ५ सय ३० कर्मचारी कारवाहीकाे सिफारिसमा
एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
कोरियाली कम्पनीले काठमाडौँ-तराई द्रुतमार्गको प्रतिवेदन बनाउने
“अध्ययनका लागि दक्षिण कोरिया गएकी कमल गाउँपालिकाकी मनिषा दाहाल सडक दुर्घटनामा परी निधन”
“अध्ययनका लागि दक्षिण कोरिया गएकी कमल गाउँपालिकाकी मनिषा दाहाल सडक दुर्घटनामा परी निधन”
यी प्रदेशमा भारी वर्षाको सम्भावना
ललितपुर कोञ्ज्योसोममा एमाले अगाडि
ललितपुर कोञ्ज्योसोममा एमाले अगाडि
आगो ताप्नु निकै महङ्गो पर्यो तारालाई, आगो सल्किएपछि पुर्याइयो अस्पताल
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
रास्ट्रपति महिला उत्थान कार्यक्रम सम्पन्न
रास्ट्रपति महिला उत्थान कार्यक्रम सम्पन्न

तपाईंले छुटाउनुभयो कि?