भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको मूल्य बढ्यो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १८, २०७९
|
|
५१ पटक हेरिएको
Shares
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको मूल्य बढ्यो

सारांश

  • काठमाडौं।
  • नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ।
  • जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ।

काठमाडौं। नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ। जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ। डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार निगमलाई डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा घटेर आएको छ। यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ। निगमलाई मट्टितेलमा ३ रुपैया ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटेर आएको निगमले जनाएको छ।

निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?