भारतीय कलाकार: कसकाे सम्पति कति ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २०, २०७५
|
|
५९ पटक हेरिएको
Shares
भारतीय कलाकार: कसकाे सम्पति कति ?

सारांश

  • फोर्ब्स इण्डिया म्यागेजिनले यस वर्षका सर्वाधिक धनी १०० जना भारतीय सेलिब्रेटीहरुको सूची सार्वजनिक गरेको छ ।
  • यो सूचीमा बलिउडका सलमान खान यस वर्षका सर्वाधिक धनी सेलिब्रेटी बनेका छन् ।
  • ५२ वर्षीया सलमान खानले यस वर्ष २५३.

फोर्ब्स इण्डिया म्यागेजिनले यस वर्षका सर्वाधिक धनी १०० जना भारतीय सेलिब्रेटीहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा बलिउडका सलमान खान यस वर्षका सर्वाधिक धनी सेलिब्रेटी बनेका छन् । ५२ वर्षीया सलमान खानले यस वर्ष २५३.२५ करोड भारतीय रुपैयाँको कमाई गरेका छन् ।

सलमान खानले उनका यस वर्ष रिलिज भएका फिल्म ‘टाइगर जिन्दा हे’ र ‘रेस ३’ को बक्सअफिस कलेक्सनका साथै टेलिभिजन कार्यक्रम र एण्डोर्समेन्टका माध्यमबाट कमाई गरेका हुन् । 

यसै अनुसार सलमान खान लगातार ३ वर्षदेखि बलिउडका सबैभन्दा धनी अभिनेताको लिष्टमा पहिलो स्थानमा रहिरहेका छन् ।  यसका साथै दोस्रो स्थानमा क्रिकेटर विराट कोहली परेका छन् । विराट कोहलीको यस वर्षको कमाई २२८ करोड भारतीय रुपैयाँ रहेको छ ।

तेस्रो स्थानमा अभिनेता अक्षय कुमारको नाम रहेको छ । एक वर्षमै धेरै फिल्ममा काम गर्नै अक्षयले यस वर्ष १८५ करोड रुपैयाँ कमाएका छन् । गएको वर्षदेखि कुनैपनि फिल्ममा नदेखिएका अभिनेता शाहरुख खानको नाम भने १३औं स्थानमा परेको छ । शाहरुख खानको यस वर्षको कमाई ५६ करोड रहेको छ । 

सार्वाधिक धनी सेलिब्रेटीको लिष्टका आमिर खान छैठौं, अमिताभ बच्चन सातौं र अभिनेता रणवीर सिंह आठौं स्थानमा परेका छन । अभिनेत्रीहरुमध्ये दीपिका पादुकोण सर्वाधिक धनी

अभिनेत्री दीपिका पादुकोण भारतका धनी कलाकारहरुको सूचीमा ११२.८ करोड रुपैयाँ आम्दानी गर्दै समग्रमा चौथो स्थानमा परेकी छिन् । दीपिकाले भर्खरै अभिनेता रणवीर सिंहसाँग विवाह गरेकी छिन् । दीपिकाले पति रणवीर सिंहलाईसमेत पछि पारेकी छिन् भने अभिनेत्रीहरुमध्ये भारतकी सर्वाधिक धनी अभिनेत्री बन्न सफल भएकी छिन् ।

दीपिका र प्रियंकाले सँगसँगै हलिउड फिल्ममा पनि काम गरेकाले यि दुवैको तुलना भइरहन्छ । तर यस वर्ष भने दीपिकाले प्रियंकालाई पछि पारेकी छिन् ।  यस वर्ष प्रियंकाको कमाई जम्मा १८ करोड रहेको बताइएको छ भने उनी ४९औं स्थानमा परेकी छिन् । यस्तै यस लिष्टमा अभिनेत्री आलिया भट्ट, अनुष्का शर्मा, कट्रिना केफको नामसमेत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
दाङ आइसोलेशनमा २४, आठ जना उपचारपछि घर फिर्ता
दाङ आइसोलेशनमा २४, आठ जना उपचारपछि घर फिर्ता
ऐरी र सार्कीलाई सम्मान गरिने
ऐरी र सार्कीलाई सम्मान गरिने
चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
वैदेशिक रोजगारीमा जाने महिला कामदारले जान्नैपर्ने विषय !
वैदेशिक रोजगारीमा जाने महिला कामदारले जान्नैपर्ने विषय !
रुसी विमान माथि सिरियाली क्षप्यास्त्र द्वारा अाक्रामण, १५ काे मृत्यु !
रुसी विमान माथि सिरियाली क्षप्यास्त्र द्वारा अाक्रामण, १५ काे मृत्यु !
रोमाञ्चक भिडन्तमा इन्टर मियामी रोकियो: एटलान्टा युनाइटेडद्वारा २-२ को बराबरी
रोमाञ्चक भिडन्तमा इन्टर मियामी रोकियो: एटलान्टा युनाइटेडद्वारा २-२ को बराबरी
Priyanka Chopra finally breaks her silence on her relationship with Nick Jonas!
Priyanka Chopra finally breaks her silence on her relationship with Nick Jonas!
सन्दिपलाई मध्यरातमा किन नेपाली क्रिकेटको चिन्ता लाग्यो ?
सन्दिपलाई मध्यरातमा किन नेपाली क्रिकेटको चिन्ता लाग्यो ?

तपाईंले छुटाउनुभयो कि?