भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २४, २०८१
|
|
५१ पटक हेरिएको
Shares
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण

सारांश

  • काठमाडौं।
  • भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
  • नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न नेपालको पुनःनिर्माण प्रयासमा सहयोग पुग्नेछ।

काठमाडौं। भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न नेपालको पुनःनिर्माण प्रयासमा सहयोग पुग्नेछ।

३८ करोडभन्दा बढी मूल्यका यी पुल भारत सरकारले अनुदानका रूपमा प्रदान गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ। यी सामान वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुधबार साझ हस्तान्तरण गरे। प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका बाँकी खेप आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने जनाइएको छ।

बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न यसअघि पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामग्री, औषधि, लाइफ ज्याकेट, स्लीपिङ म्याट तथा ब्याग, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतलसहितको २५ टनभन्दा बढीको राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग गरेको त्यस अवसरमा जानकारी दिइयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री डा महत
अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री डा महत
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
त्रिचन्द्र क्याम्पसमा बम
त्रिचन्द्र क्याम्पसमा बम
हाकिमहरुको सेवामा खटिएका ७४ प्रहरी फिर्ता
हाकिमहरुको सेवामा खटिएका ७४ प्रहरी फिर्ता
सवारी साधन र धुलोसँगै बित्छ ट्राफिक प्रहरीको दैनिकी
सवारी साधन र धुलोसँगै बित्छ ट्राफिक प्रहरीको दैनिकी
चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार
चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार
प्रदेश नं ३: मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाईडको सुभारम्भ
प्रदेश नं ३: मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाईडको सुभारम्भ
‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट
‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट
सर्वोच्चले रञ्जन कोइरालाको फैसला पूनरावलोकन गर्ने
सर्वोच्चले रञ्जन कोइरालाको फैसला पूनरावलोकन गर्ने
बालोन डी’ओर: मेस्सि र रोनाल्डो दुवै अन्तिम तीनमा परेनन् !
बालोन डी’ओर: मेस्सि र रोनाल्डो दुवै अन्तिम तीनमा परेनन् !

तपाईंले छुटाउनुभयो कि?