भूमिहीनलाई छिट्टै जग्गाधनी बनाउँछौः मन्त्री श्रेष्ठ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ५, २०८०
|
|
५९ पटक हेरिएको
Shares
भूमिहीनलाई छिट्टै जग्गाधनी बनाउँछौः मन्त्री श्रेष्ठ

सारांश

  • काठमाडौँ ।
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मुलुक बनाउने हो भने सहरभन्दा पहिले गाउँ बनाउनुपर्ने बताएकी छिन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले भूमिहीन नागरिकले जमिन पाउनुपर्ने र गाउँलाई सम्पन्न बनाउनैपर्ने बताइन् ।

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मुलुक बनाउने हो भने सहरभन्दा पहिले गाउँ बनाउनुपर्ने बताएकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले भूमिहीन नागरिकले जमिन पाउनुपर्ने र गाउँलाई सम्पन्न बनाउनैपर्ने बताइन् ।

काठमाडौँ उपत्यकाभित्रै बसोबास गर्ने हजारौँ नागरिक अझै पनि भूमिहीन र लालपुर्जाविहीन रहेको भन्दै उनले उक्त समस्या समाधानका लागि एक कार्यदल बनाएर छिट्टै काम शुरु गर्ने विश्वास व्यक्त गरिन् ।

कमैया, कमलरीले लामो समयदेखि लालपुर्जा पाउन नसकेकाले उनीहरुको समस्या समाधानका लागि पहल थाल्ने जानकारी दिँदै राष्ट्रिय भूमि आयोगमार्फत पनि केही समस्या समाधान हुने बताइन् ।

सुकुम्वासी समस्या समाधानका लागि आयोगले काम कारबाही भइरहेको र त्यसका लागि सबैको साथर्क सहयोग जरुरी रहेको मन्त्री श्रेष्ठको भनाइ छ । जग्गाको हदबन्दीसम्बन्धी व्यवस्थालाई समयानुकूल बनाउन मन्त्रालयले कार्ययोजना बनाएर लागू गर्ने उनले बताइन् ।

मन्त्री श्रेष्ठले जग्गाको कित्ताकाटका सम्बन्धमा स्थानीय निकायले नै भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै सङ्घीय सरकारलाई सहयोगका लागि माग भई आएमा सहजीकरण गरिने बताइन् । दैलेखलगायतका विभिन्न जिल्लामा रहेको गुठीको जग्गाको उचित व्यवस्थापनका लागि गुठी ऐनको मस्यौदा तयार भएको र सोही ऐनमार्फत समस्या समाधान हुने मन्त्री श्रेष्ठको प्रष्टोक्ति छ ।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारकोतर्फबाट प्रयास भइरहेको एवम् आर्थिक र मौद्रिक नीतिमा समावेश गरिएको जानकारी दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोमा सासूबुहारी बेपत्ता
पहिरोमा सासूबुहारी बेपत्ता
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट
एमाले नेता बस्नेतविरुद्ध दायर मुद्दा खारेज
एमाले नेता बस्नेतविरुद्ध दायर मुद्दा खारेज
साताको दोश्रो दिन सोमबार पनि सेयर बजार ओरालो
साताको दोश्रो दिन सोमबार पनि सेयर बजार ओरालो
राति गहिरो निन्द्रा लाग्दैन ? यी चीजहरूले तपाईंलाई मद्दत गर्न सक्छन्
राति गहिरो निन्द्रा लाग्दैन ? यी चीजहरूले तपाईंलाई मद्दत गर्न सक्छन्
विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री लार्इअस्वस्थ भनेपछि…
विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री लार्इअस्वस्थ भनेपछि…
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
मिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक : अध्यक्ष थापा
मिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक : अध्यक्ष थापा
टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख दिने निर्णयको बारेमा यहाँहरु को धारणा के छ ?
अझै शक्तिशाली बन्ने दाउमा देउवा
अझै शक्तिशाली बन्ने दाउमा देउवा

तपाईंले छुटाउनुभयो कि?