भोलीदेखि संसारभर तेलको मुल्य बढ्दै

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २९, २०७६
|
|
५६ पटक हेरिएको
Shares
भोलीदेखि संसारभर तेलको मुल्य बढ्दै

सारांश

  • सँसारभर पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि हुने भएको छ ।
  • सँसारमा सबैभन्दा बढी तेल उत्पादन गर्ने देश साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएपछि आधा उत्पादन घट्दा तेलको मूल्य वृद्धि हुने भएको हो ।
  • भोलि कच्चा तेलको मूल्य प्रति ब्यारले पाँच देखि सात डलर वृद्धि हुने अनुमान गरिएको छ ।

सँसारभर पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि हुने भएको छ । सँसारमा सबैभन्दा बढी तेल उत्पादन गर्ने देश साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएपछि आधा उत्पादन घट्दा तेलको मूल्य वृद्धि हुने भएको हो ।

भोलि कच्चा तेलको मूल्य प्रति ब्यारले पाँच देखि सात डलर वृद्धि हुने अनुमान गरिएको छ । आर्थिक सम्बन्धि अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले भोलिको मूल्यको अनुमान लगाइसकेका छन् । मागभन्दा आपूर्ति कम हुनेवित्तिकै मूल्य वृद्धि निश्चित रुपमा हुने भएको हो ।

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको अबकैक र खुरैस गरी दुईवटा प्रशोधन केन्द्रलाई लक्षित गरी ड्रोन हमला गरेपछि ठूलो क्षति पुगेको छ । घटनाको जिम्मेवारी हुथी विद्रोहीले लिएपनि अमेरिकाले इरानलाई आरोप लगाइसकेको छ । इरानले हुथीलाई सघाउ पुर्याएको आरोप लाग्दै आएको छ ।

क्षति पुगेका साउदीका तेल प्रशोधन केन्द्रहरुमा प्रतिदिन ७० लाख ब्यारेल तेल प्रशोधन गर्ने क्षमता रहेको छ । यो साउदी अरबको कुल उत्पादनको आधा हो । विश्वको कुल तेल उत्पादनमा साउदी अरबले १० प्रतिशत हिस्सा राखेको छ । आधा उत्पादन घट्नुले विश्व बजारमा ५ प्रतिशत उत्पादन घट्न पुगेको छ ।

यसअघि साउदी अरब र नाइजेरियाले बढी उत्पादन गरेको भन्दै तेल उत्पादन गर्ने देशहरुको समूह ओपेकले दबाब सृजना गर्दै आएका थिए । उनीहरुलाई तेलको उत्पादन घटाउन दबाब थियो । त्यसबारे ओपेकको बैठक बस्ने तय भएको थियो । साउदी उत्पादन घटेपछि तेल उत्पादन गर्ने देशहरुलाई भने लाभ पुगेको छ ।

कच्चा तेलको मूल्य बढेमा नेपालले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेशनले पनि तेलको मूल्य वृद्धि गर्ने निश्चित छ । यसले नेपालमा समेत मूल्यमा असर पर्नेछ । तेलको मूल्य प्रति ब्यारल ६० डलर भन्दा कम पर्दा तेल खरिदकर्ता देशहरुलाई राहत पुगेको थियो । अब मूल्य बढेपछि उपभोगकर्ता देशहरु प्रभावित हुनेछन् ।

नेपालमा नेपाल आयल निगमले हालैमात्र प्रति लिटर डिलेज र पेट्रोलमा दुई रुपैयाँका दरले मूल्य घटाएकोमा त्यो लामो समय नरहन सक्छ । दशैंको समयमा उपभोक्ताले तेलको मूल्य बढी तिर्नुपर्ने अवस्था आउनसक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साढे ३३ किलो सुन प्रकरण: यि तिन जनालाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने
साढे ३३ किलो सुन प्रकरण: यि तिन जनालाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने
ग्रानाडाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका, गेटाफे विजयी
ग्रानाडाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका, गेटाफे विजयी
व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यवसाय सुरु गरेपछि उपत्यकाका तीनै जिल्लामा सिडियो छलफलमा
व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यवसाय सुरु गरेपछि उपत्यकाका तीनै जिल्लामा सिडियो छलफलमा
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह !
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह !
कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का
कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का
सम्भावित ठूलो आतंककारी हमलालाई प्रहरीले असफल पार्‍याे
सम्भावित ठूलो आतंककारी हमलालाई प्रहरीले असफल पार्‍याे
मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते
मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कमलाको हत्या आफ्नो श्रीमानले नै गरेको खुलासा
कमलाको हत्या आफ्नो श्रीमानले नै गरेको खुलासा
बझाङ-१: कांग्रेस उम्मेदवार सिंहको अग्रता कायम
बझाङ-१: कांग्रेस उम्मेदवार सिंहको अग्रता कायम

तपाईंले छुटाउनुभयो कि?