मनाङमा सडकको ट्र्याक खोलिदै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २६, २०८०
|
|
३५ पटक हेरिएको
Shares
मनाङमा सडकको ट्र्याक खोलिदै

सारांश

  • मनाङ ।
  • हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ ।
  • सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो ।

मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ । सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो ।

प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि नार्पाभूमिमा विष्फोटक पदार्थ प्रयोग गरी पहाड फोरेर सडकको ट्र्याक खोल्न सुरुआत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जानकारी दिए । सडक सञ्जालबाट वञ्चित सो पालिकामा चट्टान फुटाउन विष्फोटक पदार्थ प्रयोग गरिँदै छ ।

जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएपछि आजदेखि विष्फोटक पदार्थ प्रयोग गरी नार्पाभूमिको कोतो–च्याँखु सडक खण्डको ट्र्याक खोल्न थालिएको उनले बताए । विष्फोटक पदार्थ प्रयोग गर्ने समयमा पशुचौपाय नछोड्न र पैदलयात्रुलाई आवतजावत नगर्न अनुरोध गरिएको छ ।

नार्पाभूमिमा सडक सञ्जालका लागि ट्र्याक खोल्न स्थानीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ । केही भागमा ट्र्याक खोल्ने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिए । ट्र्याक खोल्न गण्डकी प्रदेश सरकारले रु ५० लाख र गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामचन्द्र पौडेललाई निकै पछाडि छोडे किसान श्रेष्ठले
रामचन्द्र पौडेललाई निकै पछाडि छोडे किसान श्रेष्ठले
पि.सि.आर पोजिटिभ हुँदैमा सबैलाई अस्पतालमा राख्नुपर्छ भन्ने छैन : डा. राजभण्डारी
कहि नभएको जात्रा पेरिसडान्डामा  !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्
कहि नभएको जात्रा पेरिसडान्डामा !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्
काँग्रेसका सबै उम्मेदवार तय ! हेर्नुहोस को कहाँ बाट लड्दै छन  (सूचीसहित)
काँग्रेसका सबै उम्मेदवार तय ! हेर्नुहोस को कहाँ बाट लड्दै छन (सूचीसहित)
महिलालाई ‘तिमी’ र ‘बहिनी’ पुरुषलाई ‘तपाईं’ र ‘सर’!
महिलालाई ‘तिमी’ र ‘बहिनी’ पुरुषलाई ‘तपाईं’ र ‘सर’!
फेसबुकले डिजिटल मुद्रा ‘लिब्रा’ ल्याउँदै, अर्को वर्षदेखि सुरु हुने
फेसबुकले डिजिटल मुद्रा ‘लिब्रा’ ल्याउँदै, अर्को वर्षदेखि सुरु हुने
भारतकै राष्ट्रपति जान नपाउने गर्भगृहमा पुग्दैछन् पूर्व राजा ज्ञानेन्द्र
युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
जुवाडे समाउन ६ राउण्ड गोली प्रहार, झडपमा एक प्रहरी घाइते
जुवाडे समाउन ६ राउण्ड गोली प्रहार, झडपमा एक प्रहरी घाइते
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने

तपाईंले छुटाउनुभयो कि?