मन्त्रालय गाभिए, आधा कर्मचारी कटौतीमा पर्ने

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र ७, २०७४
|
|
३४ पटक हेरिएको
Shares
मन्त्रालय गाभिए, आधा कर्मचारी कटौतीमा पर्ने

सारांश

  • काठमाडौं : दुई मन्त्रालय मर्ज भएर नयाँ बनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आधाभन्दा बढी कर्मचारी कटौती हुने भएका छन्।
  • दुई मन्त्रालयका आधाभन्दा बढी कर्मचारी कटौती गर्दै मन्त्रालयको नयाँ संगठन संरचना तयार पारिएको छ।
  •  आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

काठमाडौं : दुई मन्त्रालय मर्ज भएर नयाँ बनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आधाभन्दा बढी कर्मचारी कटौती हुने भएका छन्। दुई मन्त्रालयका आधाभन्दा बढी कर्मचारी कटौती गर्दै मन्त्रालयको नयाँ संगठन संरचना तयार पारिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

मन्त्रालयको नयाँ संगठन संरचनाअनुसार अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एक सय ५४ जना मात्रै कर्मचारी हुनेछन्। यसअघिको केन्द्रिकृत शासन प्रणाली अनुसारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा २ सय ५ र सामान्य प्रशासन मन्त्रालयमा १ सय २६ दरबन्दी गरी कूल ३ सय ८ जना कर्मचारी छन्।

संघीय शासन प्रणालीअनुसार दुई मन्त्रालय मर्ज भएर नयाँ मन्त्रालय बनेसगै आधाभन्दा बढी कर्मचारी कटौतीमा पर्ने भएका हुन्। नयाँ संगठन संरचनाअनुसार दुई मन्त्रालयमा गरी एक सय ७५ दरबन्दी कटौतीमा पर्ने भएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको नयाँ संगठन संरचनाअनुसार अब मन्त्रालयमा संघीय मामिला, योजना तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय, स्थानीय तह क्षमता विकास, कर्मचारी प्रशासन, कर्मचारी समायोजन तथा संगठन विकास र प्रशासन सुधार तथा जनशक्ति विकास गरी ६ वटा मात्रै महाशाखा रहनेछन्। यसअघि संघीय मामिला मन्त्रालयमा मात्रै सात र सामान्य प्रशासन मन्त्रालयमा तीन महाशाखा गरी १० महाशाखा थिए।

दुवै मन्त्रालयका १० मध्ये तीन महाशाखा खारेज गर्दै मन्त्रालयले सात महाशाखा बनाउन प्रस्ताव गरेको छ। यसैगरी विभिन्न क्षेत्रलाई समेट्ने गरी २१ वटा महाशाखा राख्ने तयारी गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रस्तावित कर्मचारी दरबन्दीमा हाल दुई सचिव, ६ जना प्रशासनका सहसचिव, २१ जना उपसचिव र ४३ जना शाखा अधिकृत रहने मन्त्रालयको भनाइ छ। यसैगरी लेखा अधिकृत तीन, कानुन अधिकृत एक, कम्प्युटर इन्जिनियर र अधिकृत एक–एक जना, नायब सुब्बा ३५, लेखापाल तीन, हल्का सवारी चालक आठ र कार्यालय सहयोगी २६ जना रहने गरी नयाँ संगठन संरचना तयार पारिएको मन्त्रालयले जानकारी दिएको छ।

योसँगै अब मन्त्रालयमा प्राविधिकसमेत गरी चार सहसचिव र उपसचिवको १५ पद कटौती हुनेछ। यस्तै शाखा अधिकृतको २२ पद र नायब सुब्बाको ३१ पद कटौतीमा पर्नेछ।

मन्त्रालयले तयार पारेको नयाँ संगठन संरचनालाई स्वीकृतिका लागि मन्त्रिपरिषद् लैजाने तयारी गरेको छ। दुई मन्त्रालय मर्ज भएर नयाँ मन्त्रालय बनेस“गै सरकारले कार्यान्वयनमा ल्याएको कार्यविभाजन नियमावली २०७४ अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यजिम्मेवारी २८ वटा निर्धारण गरेको छ।

(https://www.madisonavenuemalls.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसियाकप छनोटमा नेपाल ओमानसँग खेल्दै
एसियाकप छनोटमा नेपाल ओमानसँग खेल्दै
एमालेले पत्याएन कोमल ओली लाइ  , बनिन् स्वतन्त्र उम्मेदवार ।
एमालेले पत्याएन कोमल ओली लाइ , बनिन् स्वतन्त्र उम्मेदवार ।
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
मेयर विष्ट भन्छन:बलात्कारी मेरो परिवारकै सदस्य भएपनि प्रहरीलार्इ बुझाउन तयार छु
मेयर विष्ट भन्छन:बलात्कारी मेरो परिवारकै सदस्य भएपनि प्रहरीलार्इ बुझाउन तयार छु
मोबाइलमा सबैभन्दा बढि खर्च गर्ने कुलमान, कति ?
मोबाइलमा सबैभन्दा बढि खर्च गर्ने कुलमान, कति ?
उच्च अदालत जुम्ला इजलासबाट ३७ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत जुम्ला इजलासबाट ३७ प्रतिशत मुद्दा फछ्र्यौट
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
बाँकेमा फस्टाउदै याैन व्यबसाय, कमाएकाे पैशाले माछा पालन !
बाँकेमा फस्टाउदै याैन व्यबसाय, कमाएकाे पैशाले माछा पालन !
एयर एसियाले १३ करोड रुपैयाँ बक्यौता नतिरि किन सेवा बन्द गर्याे ?
एयर एसियाले १३ करोड रुपैयाँ बक्यौता नतिरि किन सेवा बन्द गर्याे ?
थाहा पाउनुहोस्, यसरी बित्नेछन् नेपालमा मोदीका साढे २९ घण्टा
थाहा पाउनुहोस्, यसरी बित्नेछन् नेपालमा मोदीका साढे २९ घण्टा

तपाईंले छुटाउनुभयो कि?