मन्त्री रज्जाकलाई गृहजिल्लामा भव्य स्वागत

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १२, २०७४
|
|
६६ पटक हेरिएको
Shares
मन्त्री रज्जाकलाई गृहजिल्लामा भव्य स्वागत

सारांश

  • बुटवल, १२ भदाै ।
  • खानेपानी तथा सरसफाई राज्य मन्त्री भएपछि पहीलोपटक आफ्नो गृहजिल्ला रुपन्देही आएका अब्दुल रज्जाकलाई भैरहवामा भव्य स्वागत गरीएको छ ।
  • उनि रुपन्देही क्षेत्र नं १ बाट निर्वाचीत भएका हुन् ।

बुटवल, १२ भदाै । खानेपानी तथा सरसफाई राज्य मन्त्री भएपछि पहीलोपटक आफ्नो गृहजिल्ला रुपन्देही आएका अब्दुल रज्जाकलाई भैरहवामा भव्य स्वागत गरीएको छ ।
उनि रुपन्देही क्षेत्र नं १ बाट निर्वाचीत भएका हुन् । भने नेपाली काँग्रेस रुपन्देहीको पार्टी सभापति समेत हुन् । गतहप्ता राज्यमन्त्री भएका रज्जाक सोमवार कपीलबस्तुको नगरसभा उद्धघाटनकोलागी गृहजिल्ला रुपन्देही आएका थिए ।
उनलाई स्वागत र बधाई दिन उनका शुभेच्छुक तथा पार्टीका नेता कार्यकर्ताहरु भैरहवा स्थित गौतमबुद्ध बिमानस्थलमा पुगेका थिए । बिमानस्थलमा उनलाई स्वागत तथा बधाई दिन लामो लाईन थियो ।
सघर्षसिल राजनीतीक यात्रा बोकेका रज्जाक मन्त्री भएकोमा बधाई दिदै शुभेच्छुकहरुले जनताको भावना र अपेक्षा अनुसार काम गर्न सुझाव समेत दिए । उनको स्वागतकालागी नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री रज्जाकले छोटो अवधीमा अधीकतम काम गर्ने बताए । यो बर्ष निर्वाचनको बर्ष भएको र छोटो अवधीकोलागी आफु मन्त्री भएको भन्दै उनले आफु मन्त्री रहुन्जेल जनतालाई प्रत्यक्ष लाभ हुने काम गर्ने बताए ।
रुपन्देहीले आफुलाई मन्त्री बनाएको भन्दै बिकासको पहीलो प्राथमीकतामा पनि रुपन्देहीलाईनै राखेको उनले जनाए । खासगरी जिल्लामा संचालनमा रहेका खानेपानी आयोजनाको कामलाई तिव्रता दिने, रोकीएका आयोजनाहरु यथासिघ्र सचांलन गर्ने र खानेपानीको सुविधाबाट बञ्चीत क्षेत्रहरुमा खानेपानी पुर्याउने आफ्नो लक्ष्य रहेको उनले सुनाए । रुपन्देहीका मुख्य राजमार्ग आसपासमा तुलनात्मकरुपमा खानेपानीको न्युनतम सुविधा रहे पनि भित्री बस्तिहरुमा खानेपानी नपुगेको भन्दै उनले ग्रामीण बस्तिमा खानेपानी पुर्याउने बताए । नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणको सचांलनमा भएको कार्यक्रममा कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले स्वागत गरेका थिए ।
सुजातालाई बधाई
यसैबिच मन्त्री रज्जाकले नेपाल आईडलको टप फाईपबाट बाहीरीएकी सुजाता पाण्डेको मेहनत र कलाको प्रशंसा गरेका छन् । पहीलो प्रयासमा पनि धेरै प्रतिस्पर्धीलाई पछि पार्दै अगाडी बढेकोमा बधाई दिदै उनले आगामी दिनमा हतोत्साहीत नभई आफ्नो कला क्षेत्रलाई निरन्तरता दिन उनले आग्रह गरे । पाण्डे प्रतिभावान कलाकार भएको भन्दै उनले रुपन्देहीलाई अन्तरिष्ट्रय स्तरमा समेत चिनाएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री डा महत
कस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री डा महत
दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा
दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा
गोली लागेर हमासका उच्च अधिकारी गम्भीर घाइते
गोली लागेर हमासका उच्च अधिकारी गम्भीर घाइते
आईपीएल: शीर्ष स्थानमा रहँदै गुजरात प्लेअफमा
आईपीएल: शीर्ष स्थानमा रहँदै गुजरात प्लेअफमा
बुद्ध भारतमा जन्मिएको प्रचार गर्ने यी कस्ता नेपाली सांसद, के हुन्छ यिनलाई कारवाही ?
बुद्ध भारतमा जन्मिएको प्रचार गर्ने यी कस्ता नेपाली सांसद, के हुन्छ यिनलाई कारवाही ?
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
मापदण्ड पूरा नगर्ने तीन सय ५० विद्यालयको खाता रोक्का
मापदण्ड पूरा नगर्ने तीन सय ५० विद्यालयको खाता रोक्का
निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ कर्मचारी
निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ कर्मचारी
माधव नेपालकाे उदाहरण दिंदै यसरि हप्काए देउवाले कार्यकर्तालाइ
माधव नेपालकाे उदाहरण दिंदै यसरि हप्काए देउवाले कार्यकर्तालाइ
यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !

तपाईंले छुटाउनुभयो कि?