महरालाई कारवाही गरेर जनविश्वास आर्जन गर्न नेता सिंहको सरकारलाई सुझाव

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १५, २०७६
|
|
५३ पटक हेरिएको
Shares
महरालाई कारवाही गरेर जनविश्वास आर्जन गर्न नेता सिंहको सरकारलाई सुझाव

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन्।
  • निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ।

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन्। निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्रनम्बर ३ ले बुधबार जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले देशमा कानुनी राज्य छ भन्ने स्थापित गर्नका लागि र निर्मला पन्तको केसमा गुमिसकेको विश्वास फेरि जगाउनका लागि यो काममा सरकार र प्रशासन लाग्नुपर्छ।’

कानुन सबैका लागि समान भएको बताउँदै उनले अनुसन्धानमा संलग्न प्रहरीहरुलाई दबाव र प्रभावमा नपरी चनाखो भएर काम गर्न सुझाव दिए। अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनको भनाइ थियो। नेता सिंहले भने, ’सभामुखको व्यक्तित्व प्रस्तुत गर्न उहाँ चुकिसक्नु भएको छ । नेकपाको नेता भएपछि जे मन लाग्यो त्यही गर्न पाउने ?

महिलालाई दुर्व्यवहार गर्ने ? ढाकछोप गरेर कानुनभन्दा माथि नेकपाका नेता(कार्यकर्ता हुने ? यो हुनै सक्दैन ।’ एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि नेकपा नेता महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए । तर महराको राजीनामा ’म कुटेजस्तो गर्छु, तिमी रोएजस्तो गर’ भनेजसरी आएको सिंहले टिप्पणी गरे ।

उनले प्रश्न गरे, ’संविधानको कुनचाहिँ धाराअनुसार राजीनामा गर्नुभयो ? जनतालाई भ्रममा पार्न त भएन।’ उनले महरा सभामुख पदबाट मात्र नभई सांसद पदबाट पनि हट्नुपर्ने बताए। नेता सिंहले अत्यधिक मूल्यवृद्धि, भ्रष्टाचार, मेलम्ची खानेपानी आयोजना प्रकरणलगायतले सरकार असफल भएको पुष्टि भइसकेको पनि बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कीर्ते नागरिकता बनाइदिएको आरोपमा कर्मचारी पक्राउ
कीर्ते नागरिकता बनाइदिएको आरोपमा कर्मचारी पक्राउ
The Functions of the Board Portal Software
खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति
खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति
पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च
पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च
विवाहित पुरुषसँगको सम्पर्कबाट बच्चा जन्मियो भने त्यसलाई विवाह मान्ने कि नमान्ने ?
विवाहित पुरुषसँगको सम्पर्कबाट बच्चा जन्मियो भने त्यसलाई विवाह मान्ने कि नमान्ने ?
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै
दाङमा अनिश्चितकालीन बन्दको घोषणा : बल्न थाले दाङका सडकमा टायर
दाङमा अनिश्चितकालीन बन्दको घोषणा : बल्न थाले दाङका सडकमा टायर
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
सधैँ जित्नुपर्छ जस्तो कहिले लागेन,अब हार्दैछु: उपेन्द्र देवकोटा

तपाईंले छुटाउनुभयो कि?