महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा सत्र मजदूर मारिए

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १६, २०८०
|
|
५५ पटक हेरिएको
Shares
महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा सत्र मजदूर मारिए

सारांश

  • थाने (महाराष्ट्र) ।
  • महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको छ ।
  • थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाएका तथा अन्य तीन जना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीले एएनआईलाई बताए ।

थाने (महाराष्ट्र) । महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको छ ।

थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाएका तथा अन्य तीन जना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीले एएनआईलाई बताए । दुर्घटना गएराति साढे एक बजे भएको हो ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाको जाँचबुझ गर्न निर्देशन दिए । उनले मृतकका परिवारलाई राहतस्वरुप रु पाँच लाख प्रदान गर्ने घोषणा गरेका छन् । स्वट्जरल्याण्डको एउटा कम्पनीले द्रुतमार्ग निर्माण गरिरहेको छ ।

दुर्घटनास्थलमा राष्ट्रिय विपद् व्यवस्थापन कार्यालयका कर्मचारी खोज तथा उद्धारमा जुटेका छन् । दुर्घटनाका बेला त्यहाँ ३० जना मजदूर काम गरिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । तीव्र गतिमा भग्नावशेष पञ्छाउने र हराएकाको खोजी भइरहकेको छ ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू स्तब्ध भएको बताउँदै मृतकका परिवारजनमा समवेदना एवम् सहानुभूति व्यक्त गरे । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री सहायता कोषबाट मृतकका परिवारलाई जनही रु दुई लाख अनुदान सहयोग उपलव्ध गराउने तथा प्रत्येक घाइतेलाई रु ५० हजा प्रदान गर्ने घोषणा पनि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अझैपनि गोली चलाउने अधिकार सीडीओलाई नै
अझैपनि गोली चलाउने अधिकार सीडीओलाई नै
मौद्रिक नीति अर्को साता : विग मर्जरमा राष्ट्रबैंक अझै अन्यौल
मौद्रिक नीति अर्को साता : विग मर्जरमा राष्ट्रबैंक अझै अन्यौल
को को हुन् ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने मतदाता ?
को को हुन् ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने मतदाता ?
अब नेपालकाे विद्युत् बंगलादेशले खरिद गर्ने
अब नेपालकाे विद्युत् बंगलादेशले खरिद गर्ने
Milind Soman and Ankita Konwar tie the knot again in Spain, see pics
Milind Soman and Ankita Konwar tie the knot again in Spain, see pics
नेप्से र कारोबार दुवै बढ्यो
नेप्से र कारोबार दुवै बढ्यो
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड
चितवनमा साल्ट ट्रेडिङको सक्रियता: रोपाइँको याममा अनुदानकै मूल्यमा मल वितरण, पारदर्शिताका लागि सफ्टवेयर लागू गरिँदै
चितवनमा साल्ट ट्रेडिङको सक्रियता: रोपाइँको याममा अनुदानकै मूल्यमा मल वितरण, पारदर्शिताका लागि सफ्टवेयर लागू गरिँदै
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
जाल्पा स्पोर्टस क्लवकाे अध्यक्षमा दाहाल
जाल्पा स्पोर्टस क्लवकाे अध्यक्षमा दाहाल

तपाईंले छुटाउनुभयो कि?