माओवादी केन्द्र दाङ पनि राजधानी माग्ने आन्दोलनमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
माओवादी केन्द्र दाङ पनि राजधानी माग्ने आन्दोलनमा

सारांश

  • दाङ, ४ माघ ।
  • प्रदेशको अस्थायी मुकाम तोक्ने सन्दर्भमा देउवा नेतृत्वको सरकारले गरेको निर्णयलाई असन्तुलित, अविवेकी, अदूरदर्शी, असम्वेदनशील र असक्षम निर्णय भन्दै नेकपा माओवादी केन्द्र दाङले त्यसको कडा प्रतिवाद गर्ने भएको छ ।
  • पाँच नम्वर प्रदेशको राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित प्रर्याप्त स्थान भएकाले अत्यन्तै उपयुक्त भएको माओवादीले केन्द्रको ठहर रहेको जनाएको छ ।

दाङ, ४ माघ । प्रदेशको अस्थायी मुकाम तोक्ने सन्दर्भमा देउवा नेतृत्वको सरकारले गरेको निर्णयलाई असन्तुलित, अविवेकी, अदूरदर्शी, असम्वेदनशील र असक्षम निर्णय भन्दै नेकपा माओवादी केन्द्र दाङले त्यसको कडा प्रतिवाद गर्ने भएको छ ।

पाँच नम्वर प्रदेशको राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित प्रर्याप्त स्थान भएकाले अत्यन्तै उपयुक्त भएको माओवादीले केन्द्रको ठहर रहेको जनाएको छ । कामचलाउ सरकारमा हालीमुहाली गरिरहेका र जनताले अविश्वास गरेका केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थको लागि राजधानी जस्तो संबेदनशील कुरालाई प्रदेशको एउटा कुनामा लगेर राख्ने निर्णय गरेपछि दाङमा आन्दोलन चर्किरहेका बेला नेकपा माओवादी केन्द्र दाङको आकस्मिक सचिवालय बैठक बसी आन्दोलनलाई आफ्नो पार्टीको तर्फबाट थप सशक्त पार्ने निर्णय गरेको माओवादी केन्द्रका युवा नेता तथा दाङ जिल्लाका सहइन्चार्ज निर्मल आचार्यले बताए ।

माओवादी केन्द्र दाङको सचिवालयको आकस्मिक बैठकको निर्णय बताउँदै नेता आचार्यले भने, “राज्य संघीय प्रणालीमा गइसकेपछि राजधानी जस्तो संबेदनशील कुरालाई सम्पूर्ण नागरिकलाई पायक पर्ने स्थानमा राख्नुपर्ने हो ।” “प्रदेश नम्बर ५ का सबै स्थानका जनताको भौगोलिक सुगमताको कुरा गर्दा रुपन्देही अत्यन्त्तै अपायक पर्ने भएकाले गलत निर्णयको पुनरावलोकन र पुनः निर्णय गर्न आन्दोलन कडा बनाउनुपर्ने देखिन्छ”, आचार्यले भने ।

यस्तै बैठकले आन्दोलनलाई घनिभूत र थप सशक्त बनाउन विभिन्न क्षेत्रमा आफ्ना नेतालाई आन्दोलनको नेतृत्व गर्न खटाएको छ । जसअनुसार दाङको भालुबाङमा प्रदेश सभाका सदस्य इन्दजित थारु, लमहीमा नारायणी शर्मा “प्रतीक्षा”, घोराहीमा हेमराज शर्मा “डाइमण्ड”, र तुलसीपुरमा रामजी चौधरी “मिलन”लाई खटाएको जिल्ला सहइन्चार्ज निर्मल आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?