मानव तस्करीको नयाँ रुट भारतको मनिपुरबाट १७९ जनाको उद्दार
सारांश
- काठमाडौं ।
- मानव बेचबिखनका लागि लगी अलपत्र पारिएको आशंकामा भारतबाट १ सय ७९ जना नेपालीको उद्दार गरिएको छ ।
- मुलुकका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मनिपुरस्थित इनफाल पुराइएका १ सय ४७ महिला र ३२ जना पुरुषलाई उद्दार गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।
काठमाडौं । मानव बेचबिखनका लागि लगी अलपत्र पारिएको आशंकामा भारतबाट १ सय ७९ जना नेपालीको उद्दार गरिएको छ । मुलुकका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मनिपुरस्थित इनफाल पुराइएका १ सय ४७ महिला र ३२ जना पुरुषलाई उद्दार गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।
भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कन्सुलर (सहचारी) प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले बुधबार उनीहरुको उद्दार गरेको हो ।
उद्दार गरिएकालाई नेपाल ल्याउन प्रक्रिया शुरु गरिएको र सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मनिपुरमा पहिलो यस्तो घटना भएको जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले उनीहरुलाई नेपाल ल्याइएपछि थप कारण खुल्ने बताए ।
विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुको उद्धार गरेको भन्दै सुवेदीले यसका बारेमा भारतका प्रहरीसँग समेत सूचना संकलन गरिने बताए ।
प्रतिक्रिया