मास्क प्रयोग नगर्नेबाट एक लाख राजश्व सङ्कलन

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ७, २०७७
|
|
४९ पटक हेरिएको
Shares
मास्क प्रयोग नगर्नेबाट एक लाख राजश्व सङ्कलन

सारांश

  • जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ ।
  • कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु १०० का दरले रु एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको हो ।
  • कोभिड १९– को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई रु १०० जरिवाना निर्देशन दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु १०० का दरले रु एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको हो ।

कोभिड १९– को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई रु १०० जरिवाना निर्देशन दिएको थियो । सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असूल गरेको हो । सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप जरिवाना तिराइएको बताए ।

यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत लकडाउन उल्लङ्घन गर्ने ५८३ सवारी साधन नियन्त्रणमा लिई सवारीधनीलाई कारवाही गरेको छ । त्यसबाट रु पाँच लाख ८९ हजार ५०० राजश्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विजय लामामाथिको निलम्बन २४ घण्टा नबित्दै फुकुवा
विजय लामामाथिको निलम्बन २४ घण्टा नबित्दै फुकुवा
राष्ट्रबैकले ऋण प्रवाहमा कडाई गरेसंगै गाडीको बिक्री घट्यो
राष्ट्रबैकले ऋण प्रवाहमा कडाई गरेसंगै गाडीको बिक्री घट्यो
​यस्ता छन् एमाले स्थायी कमिटिका दुई निर्णय
​यस्ता छन् एमाले स्थायी कमिटिका दुई निर्णय
विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोगका तीन विकल्प
विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोगका तीन विकल्प
माओवादी केन्द्रको बैठक : बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
माओवादी केन्द्रको बैठक : बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली
पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डको मत बाझियो, “ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, दुवै एकसाथ गरौँ”
पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डको मत बाझियो, “ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, दुवै एकसाथ गरौँ”
इराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्यु
इराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्यु
नेकपाका महासचिव पौडेल सिपाडोलको खेतमा
नेकपाका महासचिव पौडेल सिपाडोलको खेतमा
आबको प्रधानमन्त्री म पनि हुन सक्छु-बामदेव गौतम

तपाईंले छुटाउनुभयो कि?