मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १७, २०७५
|
|
४६ पटक हेरिएको
Shares
मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु

सारांश

  • हेटौँडा, १७ चैत   हेटौँडा अस्पतालबाट प्रदेश नं ३ सरकारको मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम नमूनाको रुपमा शुरु भएको छ ।
  • प्रदेश सरकारले शुरु गरेको जनता स्वास्थ्यपरीक्षण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाउन विभिन्न किसिमका नौलो कार्यक्रम शुरु गरेको बताउनुभयो ।
  • “तीस देखि ७० वर्ष सम्मका व्यक्ति जसले आफूलाई स्वस्थ ठान्छन् तर, अचानक रोगको शिकार भएर ज्यान जान्छ, यस्ताका लागि यो कार्यक्रमले कति स्वस्थ छौं भनेर जानकारी दिन्छ”, उहाँले भन्नुभयो, “तर यसमा हामीले रोग देखाउने हो, उपचार भने उहाँहरुले चाहेको स्थानमा गर्नसक्नुहन्छ ।

हेटौँडा, १७ चैत   हेटौँडा अस्पतालबाट प्रदेश नं ३ सरकारको मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम नमूनाको रुपमा शुरु भएको छ । प्रदेश सरकारले शुरु गरेको जनता स्वास्थ्यपरीक्षण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाउन विभिन्न किसिमका नौलो कार्यक्रम शुरु गरेको बताउनुभयो ।

“तीस देखि ७० वर्ष सम्मका व्यक्ति जसले आफूलाई स्वस्थ ठान्छन् तर, अचानक रोगको शिकार भएर ज्यान जान्छ, यस्ताका लागि यो कार्यक्रमले कति स्वस्थ छौं भनेर जानकारी दिन्छ”, उहाँले भन्नुभयो, “तर यसमा हामीले रोग देखाउने हो, उपचार भने उहाँहरुले चाहेको स्थानमा गर्नसक्नुहन्छ ।” उहाँले कार्यक्रममा १६ किसिमका स्वास्थ्यपरीक्षण निःशुल्क हुने जानकारी दिँदै कार्यक्रम विस्तारै प्रदेश नं ३ को प्रत्येक जिल्लामा लैजाने बताउनुभयो ।

उहाँले अबका दिनमा हेटौँडा अस्पताललाई पनि मेडिकल कलेजको रूपमा विकास गर्दै लैजाने बताउनुभयो । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले स्वस्थ रहनका लागि व्यक्तिले सरसफाइ र खानपिनमा विशेष जोड दिनुपर्ने र स्वास्थ्यजाँच नियमित गराउनुपर्ने बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएर ठूलो रोग लाग्दा मात्र स्वास्थ्य संस्था पुग्ने, असहाय र शहीद परिवारका लागि स्थानीय निकायको सिफारिसमा मात्र जाँच गराउने जानकारी दिनुभयो ।

सामाजिक विकासमन्त्री युवराज दुलालले नसर्ने रोगका कारण अल्पायुमा मृत्यु हुनेको सङ्ख्या गाउँमा भन्दा पनि शहरमा बढी देखिएकोले हेटौँडा उपमहानगरको अस्पतालबाट नमूनाका रूपमा कार्यक्रम शुरु गरिएको बताउनुभयो । उहाँले हाललाई कार्यक्रम उपमहानगरपालिकासहित भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली र धादिङका जिल्ला अस्पतालमा शुरु गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा विपन्न, अल्पसङ्ख्यक, दलित, महिला, शहीद तथा बेपत्ता परिवार र सशस्त्र द्वन्द्वमा घाइतेका लागि निःशुल्क स्वास्थ्यपरीक्षण हुनेछ । सामाजिक विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि यस कार्यक्रको लागि चाहिने रकम रु तीन करोड २० लाख बजेट छुट्याइएको र पाँचवटा स्थानीय तहका अस्पतालमा दुई÷दुई हजार व्यक्तिको स्वाथ्यपरीक्षण गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावी एजेण्डा लिएर उम्मेदवार घरदैलोमा
चुनावी एजेण्डा लिएर उम्मेदवार घरदैलोमा
झपक्कै फुल्यो आँप
झपक्कै फुल्यो आँप
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन
अस्पतालमा विरामीको विचल्ली, डाक्टर र सरकारबीच झगडा (भिडियोसहित)
अस्पतालमा विरामीको विचल्ली, डाक्टर र सरकारबीच झगडा (भिडियोसहित)
२१औँ शताब्दीमा कम्युनिष्ट आन्दोलन हाँक्न सकिँदैन: मुख्यमन्त्री गुरुङ
२१औँ शताब्दीमा कम्युनिष्ट आन्दोलन हाँक्न सकिँदैन: मुख्यमन्त्री गुरुङ
रास्वपाका ४ सांसदले दिए १५ हजार जरिवाना गर्ने निर्णयविरुद्ध उच्च अदालतमा निवेदन
रास्वपाका ४ सांसदले दिए १५ हजार जरिवाना गर्ने निर्णयविरुद्ध उच्च अदालतमा निवेदन
सुर्य चिन्ह ‘ओली–प्रचण्ड नेतृत्वको नेकपा’ ले पाउने
सुर्य चिन्ह ‘ओली–प्रचण्ड नेतृत्वको नेकपा’ ले पाउने
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
नेकपाको केन्द्र र जिल्लाको अधिवेशन हुने
नेकपाको केन्द्र र जिल्लाको अधिवेशन हुने
काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव
काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?