मुर्दा नै हत्यारा !

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ३, २०७५
|
|
५२ पटक हेरिएको
Shares
मुर्दा नै हत्यारा !

सारांश

  • काठमाडाैँ ३ भदाै ।
  • भारतको मध्य प्रदेशको एक गाउँमा भेटिएको शिर बिहिन लासले प्रहरीलाई चुनौति दियो ।
  • उज्जैन पुलिसले फेला पारेको उक्त लाशको सनाखत हुँदा राजेश नाथ भनेर ठम्याइयो ।

काठमाडाैँ ३ भदाै । भारतको मध्य प्रदेशको एक गाउँमा भेटिएको शिर बिहिन लासले प्रहरीलाई चुनौति दियो । उज्जैन पुलिसले फेला पारेको उक्त लाशको सनाखत हुँदा राजेश नाथ भनेर ठम्याइयो । जसको कपडा र परिचय पत्र सबै राजेश नाथकै थियो ।

राजेशको हत्यारा खोज्ने क्रममा प्रहरीले राजेशलाई नै भेट्यो । राजेश आफ्नी प्रेमीकासँग शिवपुरीमा फेला प¥यो । अब मरेको मान्छे नै भटिए पछि त्यो लाश कसको भन्ने कुराको छानविन हुन थाल्यो ।
यस घटनाको पृष्ठभूमीका बारेमा प्रहरीले राजेशलाई केरकार गर्नु स्वभाविक थियो । निकै बेरको आनाकानी पछि राजेशले मुख खोल्यो । खासमा राजेश जियाजीगढ गाउँकी एक केटीसँग प्रेम गर्दो रहेछ । तर त्यहाँको पन्चायतले राजेशलाई गाउँ प्रवेश गर्न निषेध गरेछ । त्यसपछि राजेशले आफ्नी प्रमीकासँग सुखी जीवन बिताउने लोभमा अपराधिक योजना बनाएछ ।

प्रहरीका अनुसार राजेशले नजिकैको बजारी क्षेत्रबाट एकजना मजदुर जो आफ्नै कद र मोटाइको थियो उसलाई उठाएछ र विभिन्न लालच देखाएर आफ्नो अड्डामा लगि मारेछ । त्यसपछि आफ्ना कपडा जुत्ता आदि लगाइदिएछ र आधार कार्ड पनि खल्तिमा हालिदिएछ । जसले गर्दा मजदुर आफू जस्तो देखियो । अन्त्यमा पहिचानको मुख्य आधार टाउको नै शरीरबाट अलग गरेछ ।

उक्त हत्या काण्डमा संलग्न राजेश जोशी र उसकी प्रमीका बाहेक सघाउने राहुल नाथलाई प्रहरीले हिरासतमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?