मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ ५, २०७५
|
|
५० पटक हेरिएको
Shares
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

सारांश

  • अछाम, ५ माघ , अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
  • कमलबजार नगरपालिका–२ बस्ने खड्ग विष्टले चलाएको से४प ९१३८ नंको मोटरसाइकलको ठक्करबाट वडा नं १ बस्ने दानबहादुर माझीकी साढे दुई वर्षीया छोरी तुलसी माझीको मृत्यु भएको हो ।
  • शुक्रबार बेलुका पौने ४ बजे मोटरसाइकलको ठक्करबाट घाइते भएकी तुलसीको उपचारको क्रममा राति ९ बजे बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अछाम, ५ माघ , अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कमलबजार नगरपालिका–२ बस्ने खड्ग विष्टले चलाएको से४प ९१३८ नंको मोटरसाइकलको ठक्करबाट वडा नं १ बस्ने दानबहादुर माझीकी साढे दुई वर्षीया छोरी तुलसी माझीको मृत्यु भएको हो ।

शुक्रबार बेलुका पौने ४ बजे मोटरसाइकलको ठक्करबाट घाइते भएकी तुलसीको उपचारको क्रममा राति ९ बजे बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

१५ वर्षीय बालक १३ दिनदेखि बेपत्ता
मङ्गलसैन नगरपालिका–३ बिसाकोट चिमेसालका १५ वर्षीय रमेश सार्की १३ दिनदेखि बेपत्ता छन् । स्थानीय पदम सार्कीका छोरा रमेश गत पुस २२ गतेदेखि बेपत्ता रहेको रहेको परिवारले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएका बालक एक्कासि घरबाट बेपत्ता भएकाले सबैतिर खोजी गर्दा पनी फेला नपरेको उनका दाजु शेरबहादुर सार्कीले जानकारी दिनुभयो । चिसोको समयमा एउटा टिसर्ट मात्रै लगाएका रमेशको खोजीका लागि जिल्ला प्रहरीलाई समेत जानकारी गराइसकिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?