मोबाइलले पुष्टि गर्‍यो खाँण-पाण्डे ‘कनेक्सन’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २८, २०८०
|
|
४१ पटक हेरिएको
Shares
मोबाइलले पुष्टि गर्‍यो खाँण-पाण्डे ‘कनेक्सन’

सारांश

  • काठमाडौं।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेको कनेक्सन मोबाइल डाटाबाट खुलेको छ।
  • गत २० वैशाखमा काठमाडौंकै एक रिसोर्टबाट पक्राउ परेका पाण्डेमाथि भुटानी शरणार्थीको नक्कली फाइल खडा गरेर गिरोहबाट करोडौं रुपैयाँ असुलेको आरोप लागेको छ।

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेको कनेक्सन मोबाइल डाटाबाट खुलेको छ।

गत २० वैशाखमा काठमाडौंकै एक रिसोर्टबाट पक्राउ परेका पाण्डेमाथि भुटानी शरणार्थीको नक्कली फाइल खडा गरेर गिरोहबाट करोडौं रुपैयाँ असुलेको आरोप लागेको छ। सिंहदरबार वृत्तको हिरासतमा रहेका पाण्डेले नक्कली शरणार्थी प्रकरणमा खाँणको पनि संलग्नता रहेको कुरा खोलेपछि बुधबार पाण्डेले दिएको बयानकै आधारमा खाँण पक्राउ परेका छन्।

बयानका क्रममा पाण्डेले तत्कालीन गृहमन्त्री खाँणकै निर्देशनमा आफूले फाइल खडा गरेको बयान दिएको प्रहरीको भनाइ छ । शरणार्थी प्रकरणको घटना सार्वजनिक भएपछि घर छाडेर रिसोर्टमा लुकिरहेका पाण्डेलाई प्रहरीले रिसोर्टबाटै पक्राउ गरेको थियो । प्रहरीले पाण्डेले प्रयोग गरेको मोबाइल फोनसमेत जफत गरेको थियो । आफू पक्राउ पर्ने डरले केही दिनअघि नै पाण्डेले फोन फम्र्याट गरेका थिए । तर, प्रहरीले फरेन्सिक ल्याबमा पठाएर मोबाइलको डेटा रिकभर गरेपछि नक्कली शरणार्थी प्रकरणमा तत्कालीन मन्त्री खाँणको संलग्नता पुष्टि भएको थियो ।

प्रहरीले पाण्डे र खाँणबीच आर्थिक लेनदेन भएको प्रमाणसमेत फेला पारेको छ । नक्कली शरणार्थीको फाइल खडा गर्दा गिरोहबाट लिएको रकम खाँणसँग लेनदेन गरेको उनको मोबाइलबाट पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ ।

पाण्डेले समेत बयानमा सकारेपछि प्रहरीले खाँणलाई बुधबार बिहान चाबहिलको मैजुबहालस्थित निवासबाटै पक्राउ गरिसकेको छ । उनीसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको आदेशमा २८ असार २०७८ मा प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खाँणलाई २९ असारमा गृहमन्त्री नियुक्त गरेका थिए । खाँण गृहमन्त्री भएलगत्तै तत्कालीन गृहसचिव महेश्वर न्यौपानेलाई हटाएर उनले टेकनारायण पाण्डेलाई मन्त्रालय ल्याए । पाण्डे त्यसअघि २०७७ साउनदेखि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार मुद्दामा हलिवुडका चर्चित निर्मातालाई २३ वर्षको कैद सजाय
बलात्कार मुद्दामा हलिवुडका चर्चित निर्मातालाई २३ वर्षको कैद सजाय
नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप
नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप
लिखित जवाफसहित उपस्थित हुन दुर्गा प्रसाईंलाई अदालतको आदेश
लिखित जवाफसहित उपस्थित हुन दुर्गा प्रसाईंलाई अदालतको आदेश
यादवको कटाक्ष ओलीलाई ‘राजस्थानी पोषाक लगाएर खोक्रो राष्ट्रवाद नदेखाउनुस्’
यादवको कटाक्ष ओलीलाई ‘राजस्थानी पोषाक लगाएर खोक्रो राष्ट्रवाद नदेखाउनुस्’
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
मङ्गलबार भारतमा यसवर्ष शुरु भएयता कै सवभन्दा बढी कोरोना संक्रमण
एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी
एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी
आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले
आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले
एसपी आभूषण तिम्सिनाले राजीनामा दिने निर्णय किन लिए ?
एसपी आभूषण तिम्सिनाले राजीनामा दिने निर्णय किन लिए ?
आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ