म्युलर प्रतिवेदन: ‘ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाँठ थिएन’

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ११, २०७५
|
|
४७ पटक हेरिएको
Shares
म्युलर प्रतिवेदन: ‘ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाँठ थिएन’

सारांश

  • अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले आफ्नो एउटा बहुप्रतीक्षित प्रतिवेदनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा प्रभाव पर्नेगरी राष्ट्रपति डोनल्ड ट्रम्प वा उनको चुनावी अभियान समूहका कसैको रुससँग साठगाँठ भएको प्रमाण नभेटिएको बताएका छन्।
  • सार्वजनिक गरिएको प्रतिवेदनको सारांशमा त्यस्तो कुनै निष्कर्ष भने दिइएको छैन, जसको अर्थ राष्ट्रपतिले यस आरोपमा सफाइ पाइसके भन्ने चाहिँ होइन।
  • उक्त प्रतिवेदनलाई महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि सारांश तयार पारेका थिए।

अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले आफ्नो एउटा बहुप्रतीक्षित प्रतिवेदनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा प्रभाव पर्नेगरी राष्ट्रपति डोनल्ड ट्रम्प वा उनको चुनावी अभियान समूहका कसैको रुससँग साठगाँठ भएको प्रमाण नभेटिएको बताएका छन्।

सार्वजनिक गरिएको प्रतिवेदनको सारांशमा त्यस्तो कुनै निष्कर्ष भने दिइएको छैन, जसको अर्थ राष्ट्रपतिले यस आरोपमा सफाइ पाइसके भन्ने चाहिँ होइन।

उक्त प्रतिवेदनलाई महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि सारांश तयार पारेका थिए।

दुई वर्षको यस अनुसन्धानका क्रममा राष्ट्रपति ट्रम्पका थुप्रै पूर्वसहयोगीहरू अभियोजनको सामना गर्नुका साथै केही जेल समेत परेका थिए।

ट्रम्पको प्रतिक्रिया

“यो लज्जाको विषय हो कि देश यस्तो प्रक्रियामा जानुपर्‍यो। साँच्चै भन्नुपर्दा जसरी तपाईंहरूका राष्ट्रपतिले चुनाव जित्नुअगावै यसरी अगाडि बढ्नुपरेको यो लज्जाको विषय हो,” प्रतिवेदनबारे पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?