विमतिका कुरा छोडौँ, विवाद विल्कुलै आउँदैन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ४, २०७५
|
|
५६ पटक हेरिएको
Shares
विमतिका कुरा छोडौँ, विवाद विल्कुलै आउँदैन

सारांश

  • बुटवल, ४ जेठ , रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का बजेट, नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेको छ ।
  • नगरपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका समेट्नुपर्ने विषयका सन्दर्भमा बिहीबारबाट सरोकारवालासँग सुझाव लिन बिहीबार अन्तरक्रिया आयोजना गरेको हो ।
  • अन्तरक्रियामा विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि, विज्ञहरुको सहभागिता रहेको थियो ।

बुटवल, ४ जेठ , रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का बजेट, नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेको छ ।

नगरपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका समेट्नुपर्ने विषयका सन्दर्भमा बिहीबारबाट सरोकारवालासँग सुझाव लिन बिहीबार अन्तरक्रिया आयोजना गरेको हो ।

अन्तरक्रियामा विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि, विज्ञहरुको सहभागिता रहेको थियो । सहभागीहरुले पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न नगरपालिकालाई सुझाव दिएका छन् ।

बजेट चारैतिर छर्नुभन्दा देखिने गरी पूर्णरुपमा सम्पन्न हुनेगरी योजना बनाउनुपर्नेमा जोड दिँदै उनीहरुले बजेटमा शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई विशेष महत्वका साथ समावेश गरिनुपर्ने सुझाव दिए ।

बजेट, नीति तथा कार्यक्रमले भएका सडकहरुको सुधार, विपन्न समुदायको उत्थानमा सहयोग, आयआर्जन र स्वरोजगारलाई प्रोत्साहन, किसानलाई मल, बिऊबिजनमा विशेष सहुलियत जस्ता विषयलाई सम्बोधन गर्नुपर्ने सुझाव सहभागीको छ ।

यस्तै, फोहोरमैला व्यवस्थापन, सामूहिक कृषि प्रणाली, स्वास्थ्य बीमा, सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा सुधार, पर्यटन प्रवद्र्धन, खेलकुदलगायतका विषयलाई पनि यथोचित सम्बोधन गर्नुपर्ने सुझाव सहभागीहरुको छ ।

अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख वासुदेव घिमिरेले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई बढी महत्व दिएर बजेट विनियोजन गर्न चाहेको उल्लेख गरे।

नगरपालिकाले अघि सारेका विकासका ठूला आयोजनाका बारेमा जानकारी गराउँदै नगर प्रमुख घिमिरेले आगामी बजेटको कुल आकार रु एक अर्ब १९ करोड हुने प्रक्षेपण गरिएको जानकारी गराए ।

उपप्रमुख जागेश्वरी चौधरीले बजेटलाई सकेसम्म यथार्थ र परिणाममुखी बनाउन खोजिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले गतिशील दृष्टिकोणका साथ बजेट तथा कार्यक्रम निर्माण गर्न लागिएको जानकारी गराउँदै ‘नो–कष्ट’बाट गर्न सकिने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको उल्लेख गरे ।

तिलोत्तमा नगरपालिकाले आगामी असार १ गते नीति तथा कार्यक्रम र असार १० गते नगरसभामा बजेट पेश गर्ने जनाएको छ ।

नगर प्रवक्ता सुरेन्द्र श्रीले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा नेकपा ९एमाले०का प्रदेश कमिटी सदस्य गोपाल भट्टराई, नेपाली कांग्रेसका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, नगरपालिकाका कानुनी सल्लाहकार खुमकान्त पौडेल, शिक्षाविद् टेकबहादुर थापा लगायतले विभिन्न विषयमा सुझाव िदएका िथए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिप दुर्घटनामा परी ११ जनाको मृत्यु (अपडेट)
जिप दुर्घटनामा परी ११ जनाको मृत्यु (अपडेट)
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी  ध्रुबे र राजु मास्टर पक्राउ
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी ध्रुबे र राजु मास्टर पक्राउ
पोलेको मासुले आमाशयमा क्यान्सर !
पोलेको मासुले आमाशयमा क्यान्सर !
सरकारले वार्ता कोसँग गर्ने : डा. केसीसँग कि देउवासँग ?
सरकारले वार्ता कोसँग गर्ने : डा. केसीसँग कि देउवासँग ?
बाढी पीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण
बाढी पीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ’ताल’ सार्बजनिक“
बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ’ताल’ सार्बजनिक“
४ मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा देउवा
४ मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा देउवा
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ घट्याे
अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ घट्याे

तपाईंले छुटाउनुभयो कि?