राजधानी फर्कने यात्रु र गाडी र मानिसहरुको चाप बढ्न थाले

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १, २०७३
|
|
१८९ पटक हेरिएको
Shares
राजधानी फर्कने यात्रु र गाडी र मानिसहरुको चाप बढ्न थाले

सारांश

  • काठमाडौँ – दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिएका मानिस फर्कन थालेका छन् ।
  • विभिन्न पेशा व्यवसाय गर्दै राजधानीमा अस्थायी बसोवास गर्दै आएका मानिस दसैं मनाउन आफ्नो जन्मथलो जाने र अब दसैं पछि फर्कने भएकाले गाडीहरुको भीड बढेको छ ।
  • यद्यपि दसै मान्न गएका सबै मानिस नफर्कने भएकाले दसैं अघि बाहिरिने यात्रुको तुलनामा हाल फर्कने यात्रु कम हुन्छन् ।

काठमाडौँ – दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिएका मानिस फर्कन थालेका छन् । विभिन्न पेशा व्यवसाय गर्दै राजधानीमा अस्थायी बसोवास गर्दै आएका मानिस दसैं मनाउन आफ्नो जन्मथलो जाने र अब दसैं पछि फर्कने भएकाले गाडीहरुको भीड बढेको छ ।

यद्यपि दसै मान्न गएका सबै मानिस नफर्कने भएकाले दसैं अघि बाहिरिने यात्रुको तुलनामा हाल फर्कने यात्रु कम हुन्छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार दसैंको टीका लगाएर पूर्णिमासम्म ५० प्रतिशत मानिस काठमाडौं फर्कन्छन् भने ५० प्रतिशत मानिस तिहार पर्व मनाएर मात्र फर्किने गर्छन् । उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी मानिस दसैँ मनाउन वाहिरिएका थिए ।

उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, साँखु, पासाङल्हामु मार्ग र टोखा–छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यबाट फर्किरहेका छन् ।

महासचिव सिटौलाले दसैँका अवधिमा कुनै अप्रिय घटना नघटेको तथा विगतका दसैँभन्दा यसपालि यात्रु सहज तरिकाले गन्तव्यमा पुगेको र फर्कदा पनि सहज भएको बताए ।

दसैँलाई लक्षित गरी अहिले सानाठूला गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको महासंघले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजारदेखि एक हजार २०० सम्म सवारी आवतजावत गर्थे ।

महासंघले यात्रुको चाप र सुविधालाई मध्यनजर गरी असोज १५ देखि ३० गतेसम्म ‘पकेट पर्मिट’ दिएकाले देशभरका जुनसुकै सवारी जतासुकै सहज रुपमा जानसक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्पा नगरपालिका माओवादीले जित्यो, पूर्ण केसी भए मेयर
रोल्पा नगरपालिका माओवादीले जित्यो, पूर्ण केसी भए मेयर
आजको राशिफल 
आजको राशिफल 
यूएईमा सन्दीपको गुग्लिको कमाल, म्यान अफ द म्याच सन्दीपले जिताए खेल
यूएईमा सन्दीपको गुग्लिको कमाल, म्यान अफ द म्याच सन्दीपले जिताए खेल
‘उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्छु’ : एआईजी चन्द
‘उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्छु’ : एआईजी चन्द
सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टले यौन दुर्व्यवहारको संकेतसम्म नभएको ठहर
सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टले यौन दुर्व्यवहारको संकेतसम्म नभएको ठहर
माइक खोसेपछि ओलीले भनेः ‘नातिनीले नेता हुने छाँट देखाइन्’
माइक खोसेपछि ओलीले भनेः ‘नातिनीले नेता हुने छाँट देखाइन्’
उपत्यकामा १० वर्षभित्र ‘मेट्रो रेल’!
उपत्यकामा १० वर्षभित्र ‘मेट्रो रेल’!
शव व्यवस्थापन गर्न नसक्दा शव कुल्चँदै हिमाल आरोहण गर्दा कुल्चनु पर्ने बाध्यता
शव व्यवस्थापन गर्न नसक्दा शव कुल्चँदै हिमाल आरोहण गर्दा कुल्चनु पर्ने बाध्यता
जसले चिया पिउँदै श्रीमतीको हत्या गरे
जसले चिया पिउँदै श्रीमतीको हत्या गरे
बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने

तपाईंले छुटाउनुभयो कि?