राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १९, २०८०
|
|
५७ पटक हेरिएको
Shares
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताएका छन् ।
  • सुनकोशी इन्द्रावती समाजद्वारा आज बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगञ्जमा आयोजित ‘सम्मान एवं प्रमाणपत्र वितरण’ कार्यक्रममा उनले विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप त्याग्नुपर्नेमा जोड दिए ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताएका छन् ।

सुनकोशी इन्द्रावती समाजद्वारा आज बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगञ्जमा आयोजित ‘सम्मान एवं प्रमाणपत्र वितरण’ कार्यक्रममा उनले विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप त्याग्नुपर्नेमा जोड दिए । “हामीले अहिले मुलुकमा १७ विश्वविद्यालय खोल्यौँ भनेर गर्व गछौँ तर उक्त विश्वविद्यालयमा विद्यार्थी छन् कि छैनन् भनेर सोच्नुपर्ने बेला आएको छ”, उनले भने ।

नयाँ सोच लिएर अगाडि बढ्न नसके सबै विश्वविद्यालय धरापमा पर्ने अवस्था आएको उनको भनाइ छ । उनले त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय मान्यता र गुणस्तरीय शिक्षा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले देशलाई विकास गर्दै मुलुकमा रोजगारी सिर्जना गर्नका लागि अहिलेको अवस्थामा समयसापेक्ष शिक्षा कस्तो बनाउने भन्ने कुरामा सरकारले विचार पुर्याउनुपर्ने बताए । “के कुरामा विद्यार्थीको लगाव छ र राष्ट्रले के चाहेको छ सोहीअनुसारको शिक्षा प्रदान गर्नुपर्छ”, उनले भने ।

नेता डा कोइरालाले गत वर्षमात्र नेपालबाट विदेशमा अध्ययन गर्नका लागि एक लाख २७ हजार विद्यार्थी विभिन्न मुलुकमा गएको भन्दै तीनीहरूलाई नेपालमै बस्ने व्यवस्था मिलाउन नसकिएकामा चिन्ता व्यक्त गरेका छन् । जिल्ला–जिल्लामा मेडिकल कलेज खोल्ने कुरा सम्भव नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष नेपाल भन्छन् :नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन
अध्यक्ष नेपाल भन्छन् :नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
१०५ क्षेत्र गन्ती पूरा हुँदा वाम गठबन्धनलाई प्रत्यक्षमा बहुमत
१०५ क्षेत्र गन्ती पूरा हुँदा वाम गठबन्धनलाई प्रत्यक्षमा बहुमत
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन
मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु
मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु
बाढी पीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण
बाढी पीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण
मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री प्रचण्ड
मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री प्रचण्ड
नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश
नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश
यमनको सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण, ३२ को मृत्यु
यमनको सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण, ३२ को मृत्यु

तपाईंले छुटाउनुभयो कि?