राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २२, २०८२
|
|
६० पटक हेरिएको
Shares
राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी

सारांश

  • काठमाडौँ।
  • नेकपा (एमाले) निकट अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पदा जलाउने र अराजक गतिविधि गर्ने व्यक्तिहरूमाथि कारबाही नभए आफ्नो संगठन सडकमा उत्रिने चेतावनी दिएका छन्।
  • बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै धामीले “अरुको घर जलाईदिन्छु भन्नेले त्यो कुरा आफूतिर फर्किन्छ भन्ने बुझ्नुपर्छ” भन्दै जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र हत्या घटनामा संलग्न तथा त्यसका उक्साउनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।

काठमाडौँ। नेकपा (एमाले) निकट अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पदा जलाउने र अराजक गतिविधि गर्ने व्यक्तिहरूमाथि कारबाही नभए आफ्नो संगठन सडकमा उत्रिने चेतावनी दिएका छन्।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै धामीले “अरुको घर जलाईदिन्छु भन्नेले त्यो कुरा आफूतिर फर्किन्छ भन्ने बुझ्नुपर्छ” भन्दै जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र हत्या घटनामा संलग्न तथा त्यसका उक्साउनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।

उनले जेनजी आन्दोलनका मागप्रति आफूहरू पनि ऐक्यवद्ध रहेको तर त्यसमा घुसपैठ गरी राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमा क्षति पुर्‍याउने, हत्या र लुटपाट गर्ने प्रवृत्तिको विरोध गरेको बताए। धामीले भने, “हामीले काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएका छौं। दोषी जो भए पनि कानुनको दायरामा ल्याउनुपर्छ।”

धामीले दलप्रतिको विचार र आस्थाका कारण मात्र कसैलाई अपराधी ठहर गर्नु गलत भएको टिप्पणी गरे। उनले भने, “विचार र आस्थाका हिसाबले म एमाले हुँ, तर त्यो भन्दा पहिला म देशको सचेत नागरिक हुँ। दलमा आस्था राखेकै कारण दोषी ठहर गर्ने प्रवृत्तिले समाजलाई सही दिशातिर लैजान सक्दैन।”

भ्रष्टाचार र अपराधमा दोषीलाई जोगाउने कुनै पनि प्रयास अस्वीकार्य भएको बताउँदै उनले सामाजिक सञ्जालमा कसैलाई प्रमाणबिनै दोषी ठहर गर्ने र बदनाम गर्ने प्रवृत्तिप्रति आपत्ति जनाए।

धामीले जेनजी आन्दोलनको नाममा विवादित व्यक्ति सरकारमा पुगेको र उनीहरूले प्रतिशोधका आधारमा राज्य संयन्त्र प्रयोग गर्न खोजेको आरोप लगाए। उनले भने, “हामीले सोचेका थियौं, जेनजीले नै सरकारको नेतृत्व गर्छन् कि भनेर, तर अहिले कुर्सीमा विवादित व्यक्ति पुगेका छन् र उनीहरूले राज्यका अंगको दुरुपयोग गर्न खोजिरहेका छन्।”

त्यसक्रममा उनले जेनजी आन्दोलनका अगुवा बताइने हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङमाथि विदेशी सहयोगको डलरमा नक्कली बिल पेस गरेर समाजसेवा गरेको आरोप लगाउँदै जनताको पीडामा निःशुल्क सेवा गर्न चुनौती समेत दिए।

धामीले भने, “हामी भूकम्प, कोरोना, बाढीपहिरो जस्ता विपत्तिमा निःशुल्क जनसेवामा खटियौं, सुधन गुरुङले पनि त्यसरी नै काम गर्नुपर्छ।” उनले सम्पदा जलाउनेहरूले अहिले देशका डेटा माग्न थालेको भन्दै आपत्ति जनाए र समाजमा फैलिँदो अराजकता रोक्न सडकमा आउन बाध्य भएको बताए।

त्यस्तै, उनले बालेन साह र सुधन गुरुङविरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालय र नजिकका प्रहरी कार्यालयमार्फत जाहेरी बुझाउने तयारी भइरहेको जानकारी पनि दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राउटेले लगाएको तरकारीले बजार पाएन…
राउटेले लगाएको तरकारीले बजार पाएन…
प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
पछिल्लो राजनीतिक अवस्थाबारे ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन
पछिल्लो राजनीतिक अवस्थाबारे ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन
मर्निंग वाक हिडेका ८० वर्षीय वृद्धा बल्खुबाट बेपत्ता
मर्निंग वाक हिडेका ८० वर्षीय वृद्धा बल्खुबाट बेपत्ता
प्रधानमन्त्री ज्यु कम्युनिस्ट शासन आयो भने रुन पाइदैन – पुर्व मन्त्री बस्नेत ।
प्रधानमन्त्री ज्यु कम्युनिस्ट शासन आयो भने रुन पाइदैन – पुर्व मन्त्री बस्नेत ।
बार्सिलोनाका महत्वपूर्ण मिडफिल्डरले क्लव छोड्ने
बार्सिलोनाका महत्वपूर्ण मिडफिल्डरले क्लव छोड्ने
कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
दुनियाँका अगाडि टिकट विक्री र लिलामी भएको कुरा आइरहेको छ छानविन हुनुपर्छ : गुरुङ
दुनियाँका अगाडि टिकट विक्री र लिलामी भएको कुरा आइरहेको छ छानविन हुनुपर्छ : गुरुङ
नेपालको एक ईन्च भू–भाग पनि मिचिन दिन्नौं : प्रधानमन्त्री देउवा
नेपालको एक ईन्च भू–भाग पनि मिचिन दिन्नौं : प्रधानमन्त्री देउवा
सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन
सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन

तपाईंले छुटाउनुभयो कि?