राष्ट्रपतिको विरोधमा केही पत्रकार लागेको महेश बस्नेतको आरोप

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १२, २०७६
|
|
५१ पटक हेरिएको
Shares
राष्ट्रपतिको विरोधमा केही पत्रकार लागेको महेश बस्नेतको आरोप

सारांश

  • भक्तपुर, ११ वैशाख ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको कला, संस्कृति, परम्परा, धार्मिकता, ऐतिहासिक नाच लगायतका कुराहरुको अवलोकनका क्रममा केही पत्रकारले गिद्धेनजर लगाई अनावश्यक कुराको खोजी गरी नेपालको कानुन विपरित कार्य गरेको बताउनुभयो ।
  • भक्तपुर उद्योग वाणीज्य संघले आयोजना गरेको धन्यवाद तथा बधाई कार्यक्रममा बोल्दै सांसद बस्नेतले उद्योग वाणीज्य संघको ५०औं वार्षिकोत्सव तथा नवदुर्गा भवानीको पुजाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरमा आउनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

भक्तपुर, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको कला, संस्कृति, परम्परा, धार्मिकता, ऐतिहासिक नाच लगायतका कुराहरुको अवलोकनका क्रममा केही पत्रकारले गिद्धेनजर लगाई अनावश्यक कुराको खोजी गरी नेपालको कानुन विपरित कार्य गरेको बताउनुभयो ।

भक्तपुर उद्योग वाणीज्य संघले आयोजना गरेको धन्यवाद तथा बधाई कार्यक्रममा बोल्दै सांसद बस्नेतले उद्योग वाणीज्य संघको ५०औं वार्षिकोत्सव तथा नवदुर्गा भवानीको पुजाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरमा आउनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रपति भण्डारीलाई विवादमा ल्याउने घृणित उद्देश्य बोकी केही पत्रकारले अनावश्यक कुराहरुको खोजी गर्ने गरेको बताउँदै सम्बन्धीत पत्रकारले फोटो खिच्न निषेध गरिएको ठाउँमा आफै खिच्ने साथै जहाँ अनावश्यक कुरा देखियो त्यहाँ मात्र ध्यान दिने साथै अनावश्यक फोटो खिचि सूचना प्रविधि ऐन विपरित काम गरेको बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले उक्त स्थानमा फोटोको प्रश्न जसले उठायो उ नै त्यसको सवैभन्दा वढी दोषी उ नै हो, कारवाही हुनुपर्छ भने उसलाई नै हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ आकाशमा तीनवटा चरा उडिरहेका थिए रे जसमा परेवाले आँगनको विस्कुन देख्छ रे, गिद्धले मरेको वस्तु कहाँ छ भनि खोज्छ रे, कौवाले जुठो फालेको फोहोर कहाँ छ भनि हेर्छ रे त्यसैले गिद्धले के हेर्यो, कौवाले के हेर्यो भन्ने जवाफ हामीले दिन जरुरी छैन ।’

भक्तपुरलाई सांस्कृतिक तथा पर्यटकीय राजधानीको रुपमा अघि बढाउनुपर्छ बताउँदै सांसद बस्नेतले भक्तपुरको विकासको लागि राष्ट्र प्रमुख, राज्यका तीनै तहको सरकार तथा देश विदेशमा रहने महानुभावहरुले साथ र सहयोग गरिरहनुभएको बताउनुभयो । उहाँले राष्ट्रपति भण्डारीले भक्तपुरको कला, संस्कृति तथा परम्पराको अवलोकन गरी राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा चिर परिचित गराउन विशेष भूमिका निर्वाह गर्नुभएको समेत बताउनुभयो ।

पुनःनिर्माण प्राधिकरणले भक्तपुर जिल्ला भित्रका सम्पदा वस्तीको संरक्षण तथा सम्बद्र्धनको लागी बजेट विनियोजनको अन्तिम तयारीमा रहेको जानकारी गराउँदै सांसद बस्नेतले भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका विश्व सम्पदामा परेका सम्पदाहरु रहेको जसको संरक्षण तथा सम्बद्र्धनको लागि एक अर्व ५० करोडका दरले प्रस्ताव गरिएको जुन स्वीकृतिको अन्तिम अवस्थामा रहेको बताउनुभयो । उहाँले सूर्य्विनायक र मध्यपुरलाई एक एक अर्वका दरले स्वीकृतिको तयारीमा रहेको र यो सँगै भक्तपुरका सम्पूर्ण सम्पदा वस्तीलाई व्यवस्थीत गर्न सकिने बताउनुभयो ।

सांसद बस्नेतले राष्ट्रपति भण्डारीको चासोकै कारण अक्षय कोषको स्थापना गरिएको बताउँदै भक्तपुरमा नवदुर्गा र तलेजु मन्दिरले ऐतिहासिक सांस्कृतिक तथा धार्मिकताको जगेर्ना गर्नु वर्तमान समयको मुख्य कार्य भएको र सोही अनुसार जिल्ला समन्वय समितिले १५ लाख र वाणिज्य संघले पाँच लाख गरी २० लाखको अक्षयकोष स्थापना गरिएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाइडेनको जीतलाई विश्व शेयर बजारले यसरी गर्याे स्वागत, तेलको मूल्यमा उछाल
बाइडेनको जीतलाई विश्व शेयर बजारले यसरी गर्याे स्वागत, तेलको मूल्यमा उछाल
केपी ओली कपः बागमती सेमिफाइनलमा
केपी ओली कपः बागमती सेमिफाइनलमा
शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा फेला परे नयाँ तथ्य
शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा फेला परे नयाँ तथ्य
देशभरका प्रमुख जिल्ला अधिकारीहरुको व्यापक सरुवा
देशभरका प्रमुख जिल्ला अधिकारीहरुको व्यापक सरुवा
तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालको काम प्रभावित
तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालको काम प्रभावित
एमालेविरुद्ध खनिए कांग्रेस र संघीय फोरम
राधिका हत्या प्रकरणः प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
राधिका हत्या प्रकरणः प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेकै वर्चश्व, माओवादी, समाजवादी र रास्वपा निल
सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेकै वर्चश्व, माओवादी, समाजवादी र रास्वपा निल
हेलिकोप्टर दुर्घटना:  घना जंगलमा भेटियाे
हेलिकोप्टर दुर्घटना: घना जंगलमा भेटियाे
चिनियाँ प्राध्यापककाे नेपाललाइ प्रश्नः उत्तर कोरिया बन्ने कि अमेरिका, जापान?
चिनियाँ प्राध्यापककाे नेपाललाइ प्रश्नः उत्तर कोरिया बन्ने कि अमेरिका, जापान?

तपाईंले छुटाउनुभयो कि?