राष्ट्रिय सुटिङमा सुस्मिताको अग्रता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २७, २०७४
|
|
५२ पटक हेरिएको
Shares
राष्ट्रिय सुटिङमा सुस्मिताको अग्रता

सारांश

  • काठमाडौं, २७ पुस ।
  • मध्यमाञ्चलकी सुस्मिता नेपालले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औँ पुरुष तथा २२ औँ महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको पहिलो दिन आज महिला १० मिटर एयर राइफलमा ३८३ अंकको अग्रता बनाएकी छिन् ।
  • ‘डेब्यु’ राष्ट्रिय प्रतियोगिता खेलिरहेकी सुस्मिताले ४०० पूर्णाङ्कमा ३८३ अंक जोड्दै पहिलो दिनको खेल सकिँदा पहिलो स्थान हात पारेकी हुन् ।

काठमाडौं, २७ पुस । मध्यमाञ्चलकी सुस्मिता नेपालले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औँ पुरुष तथा २२ औँ महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको पहिलो दिन आज महिला १० मिटर एयर राइफलमा ३८३ अंकको अग्रता बनाएकी छिन् ।

‘डेब्यु’ राष्ट्रिय प्रतियोगिता खेलिरहेकी सुस्मिताले ४०० पूर्णाङ्कमा ३८३ अंक जोड्दै पहिलो दिनको खेल सकिँदा पहिलो स्थान हात पारेकी हुन् । ओलम्पियन एवं यो स्पर्धाको राष्ट्रिय कीर्तिमानधारी पश्चिमाञ्चलकी स्नेहा राज्यलक्ष्मी राणा पनि त्यत्तिनै अंकसाथ दोस्रो स्थानमा छिन् ।

यो स्पर्धामा स्नेहाको नाममा ३८९ अंकको राष्ट्रिय कीर्तिमान छ । ‘लास्ट सिरिज’ मा सुस्मिता स्नेहाभन्दा २ अंक बढी जोड्दै पहिलो स्थानमा छिन् । ‘लास्ट सिरिज’ मा सुस्मिताले ९६ र स्नेहाले ९४ अंक जोडेकी थिइन् ।

अर्की ओलम्पियन नेपाल प्रहरीकी फूलमाया क्याप्छाकी तेस्रो स्थानमा छिन् । फुलमायाको ३७७ अंक छ । पुरुष १० मिटर एयर राइफलको ६०० मा पश्चिमाञ्चलका धनबहादुर विक (५७४ अंक), मध्यपश्चिमाञ्चलका अर्नभ घिमिरे (५६० अंक) तथा आर्मीका कुमार कार्की (५६० अंक) क्रमशः पहिलोदेखि तेस्रोे स्थानमा छन् ।

अर्नभ र कुमारको समान अंक भए पनि ‘लास्ट सिरिज’ मा अर्नभले ९४ र कुमारले ९२ अंक जोडेका थिए । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा भएको पुरुष १० मिटर एयर पेस्तोलको ६०० मा ५४३ अंक जोड्दै नेपाल आर्मीका कुँवेर केसी पहिलो स्थानमा छन् । पाँचसय २४ अंकसाथ पूर्वाञ्चलका शत्रुघन दास दोस्रो तथा ४६३ अंकसाथ मध्यपश्चिमाञ्चलका मोहम्मद नुर अहमद अन्सारी तेस्रोे स्थानमा छन् ।

सोही स्पर्धाको महिलामा आर्मीकी सरिता बस्नेतले ३५८, मध्यमाञ्चलकी रुविना श्रेष्ठले ३४३ तथा प्रहरीकी सीमा चौधरीले ३३१ अंकको प्रदर्शन गरे । उक्त स्पर्धा ४०० पूर्णाङ्कको थियो ।

आ–आफ्नो स्पर्धामा सहभागी सबै खेलाडीको प्रतिस्पर्धा सकिएपछि शीर्ष पाँच स्थान हात पार्ने खेलाडीलाई पुनःफाइनलमा प्रतिस्पर्धा गराइनेछ । फाइनल २४० अंकको हुनेछ । उक्त प्रतियोगिताको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।

(https://yellowtail.tech)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना रोकथामका लागि सरकारले कडाई गरेसँगै जनजीवन प्रभावित
कोरोना रोकथामका लागि सरकारले कडाई गरेसँगै जनजीवन प्रभावित
लगातारको वर्षाका कारण तीन वडा डुबानमा, स्थानीयवासी प्रभावित
लगातारको वर्षाका कारण तीन वडा डुबानमा, स्थानीयवासी प्रभावित
सदरमुकाममा ‘फोरजी’ : गाउँमा  कुरा गर्न रुखमा चढ्नुपर्ने
सदरमुकाममा ‘फोरजी’ : गाउँमा कुरा गर्न रुखमा चढ्नुपर्ने
प्रधानमन्त्री दाहालले भने : वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ
प्रधानमन्त्री दाहालले भने : वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ
दुइसय पचास जना नेपाली इजरायलबाट फर्किए
दुइसय पचास जना नेपाली इजरायलबाट फर्किए
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
वैदेशिक रोजगारीमा मृत्यु हुनेको सङ्ख्या डरलाग्दो
वैदेशिक रोजगारीमा मृत्यु हुनेको सङ्ख्या डरलाग्दो
फिलिपिन्सको तीन वटा घण्ट फिर्ता
फिलिपिन्सको तीन वटा घण्ट फिर्ता
डेङ्गुको डरले चितवनमा पर्यटक आएनन्
डेङ्गुको डरले चितवनमा पर्यटक आएनन्
इतिहासकै सङ्गीन मोडमा पुगेको निगम सुधार्ने पर्यटनमन्त्रीको कदम
इतिहासकै सङ्गीन मोडमा पुगेको निगम सुधार्ने पर्यटनमन्त्रीको कदम

तपाईंले छुटाउनुभयो कि?