राेचक : ८२ वर्षीया दाजुले ७० वर्षीया बहिनीको गरे हत्या

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
३७ पटक हेरिएको
Shares
राेचक : ८२ वर्षीया दाजुले ७० वर्षीया बहिनीको गरे हत्या

सारांश

  • एजेन्सी।
  • तमिलनाडूमा प्रहरीले ८२ वर्षका एक व्यक्तिलाई आफ्नी ७० वर्षीया बहिनीको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ।
  • ती व्यक्तिकाअनुसार बहिनीले आफ्नो सबै सम्पत्ति आफ्नो नाममा गर्न चाहन्थिन्।
एजेन्सी। तमिलनाडूमा प्रहरीले ८२ वर्षका एक व्यक्तिलाई आफ्नी ७० वर्षीया बहिनीको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ। ती व्यक्तिकाअनुसार बहिनीले आफ्नो सबै सम्पत्ति आफ्नो नाममा गर्न चाहन्थिन्। यो विषयमा लगातार जिद्दी गरेपछि आफूले बहिनीको हत्या गरेको स्वीकार गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। प्रहरीका अनुसार महिलाको टाउकोका धारिलो हतियारबाट प्रहार गरिएको छ। 
यो घटना योयम्बटुरको सिंगानैल्लूरको कलिमलाईका क्षेत्रको हा। जहाँ गत शुक्रबार एन. पोचियाम्माल (७०) नामकी महिला रगतमा लतपतिएको अवस्थामा बाथरुममा थिइन्। उनलाई तत्काल मेडिकल कलेजमा लगियो। जहाँ डाक्टरले उनलाई मृत घोषित गरे। पोस्टमार्फत रिपोर्टबाट महिलाको टाउकोमा धारिलो हतियार प्रहार भएको र त्यही कारण उनको निधन भएको खुल्यो।
मृतक महिला आफ्नी छोरीसँग दाजुको घरमा बस्दै आएकी थिइन्। प्रहरीले यो विषयमा दाजूलाई सोधपुछ गर्दा उनले आफूले बहिनीको हत्या गरेको स्वीकार गरे। प्रहरीसमक्ष उनले सम्पत्तिको विषयलाई लिएर केही समयदेखि तनाव चलिरहेको र त्यही कारण आफूले बहिनीका हत्या गरेको उनले स्वीकार गरेका छन्।
उनले श्रीमतीबाट छुट्टिएपछि उनी विगत ४० वर्षदेखि एक्लै बस्दै आएका थिए। उनकी बहिनी भने आफ्नी छोरीसँग बस्दै आएकी थिइन्। तीन महिना पहिला बहिनी दाजुको घरमा आएर बस्न थालेकी थिइन्।
बहिनी आएपछि दाजुको सबै सम्पत्ति आफ्नो नाममा गर्न दबाव दिँदै आएकी थिइन्। त्यो दिन पनि सम्पत्ति आफ्नो नाम गरिदिन दबाव दिँदै झगडा गर्न थालिन्। बहिनीले अति गरेपछि धारिलो हतियार प्रहार गरेर दाजुले उनको हत्या गरेको खुलोको हो।
जब महिलाकी छोरी बाथरुम पुगिन् तब आमाको अवस्था देखेर चकित परिन्। त्यसपछि उनले प्रहरीलाई फोन गरिन्। प्रहरीले आरोप दाजु विरुद्ध मुद्दा दर्ता गरेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचथर हत्याकाण्ड : मृतक परिवारलाई केहीदिन अघि मात्र नुनमा शिशा हालेर खुवाईएको तथ्य बाहिरियो
पाँचथर हत्याकाण्ड : मृतक परिवारलाई केहीदिन अघि मात्र नुनमा शिशा हालेर खुवाईएको तथ्य बाहिरियो
१४ सय सर्पबाट बचेका यी युवक
१४ सय सर्पबाट बचेका यी युवक
विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि, को को खेल्दै छन् ?
विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि, को को खेल्दै छन् ?
सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा, शीर्ष नेताहरुले सम्बोधन गर्ने
सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा, शीर्ष नेताहरुले सम्बोधन गर्ने
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन
रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति
रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति
यसरी बनाइँदैछ आइतबारबाट ठमेललाई ‘भेहिकल फ्रि जोन’
यसरी बनाइँदैछ आइतबारबाट ठमेललाई ‘भेहिकल फ्रि जोन’
आजको राशिफल
आजको राशिफल
माछा खोज्दा अजिंगर फेला परेपछि…
माछा खोज्दा अजिंगर फेला परेपछि…