रुकुमपूर्वमा दुई दिदीबहिनी मृत फेला

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २३, २०७९
|
|
३८ पटक हेरिएको
Shares
रुकुमपूर्वमा दुई दिदीबहिनी मृत फेला

सारांश

  • रुकुमपूर्व ।
  • रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन् ।
  • बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन् ।

रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन् । बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन् ।

स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगर मृत फेला परेका गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले जानकारी दिए ।

बुधबार साँझ हराएका दुई बालिकाको स्थानीयले खोजी गर्दा आज बिहान रन्मा गाउँकै भिरमा मृत फेला पारेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक (डिएसपी) अञ्जना श्रेष्ठले जानकारी दिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको उनको भनाइ छ ।

बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुनसक्ने स्थानीयको आशङ्का छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर १६ गते सोमबारको राशिफल यस्तो छ
मंसिर १६ गते सोमबारको राशिफल यस्तो छ
कोरोना भाइरस संक्रमण : मापसे चेकिङ स्थगित
कोरोना भाइरस संक्रमण : मापसे चेकिङ स्थगित
सिटिजन्स बैंकको प्रायोजनमा टिच फर नेपालको वाकाथन हुने
सिटिजन्स बैंकको प्रायोजनमा टिच फर नेपालको वाकाथन हुने
प्रचण्डसँग नेम्वाङको एक घण्टा भेटवार्ता, ओलीसँग मिल्न सुझाव
प्रचण्डसँग नेम्वाङको एक घण्टा भेटवार्ता, ओलीसँग मिल्न सुझाव
आदेशको कार्यान्वयन : सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुस्
आदेशको कार्यान्वयन : सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुस्
बारामा राजपाको विजयी सुरुवात, देवताल गाउँपालिका अध्यक्ष बने चन्दन
बारामा राजपाको विजयी सुरुवात, देवताल गाउँपालिका अध्यक्ष बने चन्दन
बुधबारको मौसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना
बुधबारको मौसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काे हुन् भिम दत्त पन्त ?
काे हुन् भिम दत्त पन्त ?
स्थापितले भने – प्याक्टविरुद्ध निर्वाचन आयोग र अदालत जान्छु (भिडियो अन्तर्वार्ता)
स्थापितले भने – प्याक्टविरुद्ध निर्वाचन आयोग र अदालत जान्छु (भिडियो अन्तर्वार्ता)
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?