रुकुम, पश्चिम रङ्गशाला निर्माण अलपत्र

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २१, २०७५
|
|
४६ पटक हेरिएको
Shares
रुकुम, पश्चिम रङ्गशाला निर्माण अलपत्र

सारांश

  • रुकुम, (पश्चिम), २१ भदौ ।
  • रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ ।
  • आर्थिक वर्ष ०७०÷७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव०७४÷७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो ।

रुकुम, (पश्चिम), २१ भदौ । रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०÷७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव०७४÷७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो ।खेलकूद मन्त्रालयले भने सो कार्यका लागि स्थानीय तहमा रकम पठाइसकेको जनाएपनि स्थानीय तहले भने बजेट विनियोजन नगरेको र चालु आवमा पनि बजेट आउने कि नआउने भन्ने जानकारी नभएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । रङ्गशाला निर्माणका लागि छ स्थानीय बासिन्दाले १९ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

छ रोपनी सार्वजनिक जग्गा पनि रङ्गशालाको नाममा पास गरिएको पानढुङ्गा स्पोर्ट भिलेज फाउण्डेशनका अध्यक्ष नरबहादुर खड्काले जानकारी दिनुभयो । निःशुल्क जग्गा उपलब्ध गराउन उत्साहित दाता रङ्गशाला निर्माण अलपत्र परेपछि निराश भएका छन् भन्दै उहाँले तत्काल काम शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष ०७०÷७१ मा रु एक लाख ५० हजार, ०७१÷७२ मा रु पाँच लाख, ०७२÷७३ मा रु १५ लाख र ०७३÷७४ मा रु ४५ लाख गरी हालसम्म रु ६६ लाख ५० हजार खर्च भएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । उक्त बजेटबाट रङ्गशालाको ट्र्याक खोल्ने काम गरिए पनि अझैसम्म पूरा भएको छैन ।

रङ्गशालाको डिपिआरका लागि आर्थिक वर्ष ०७३÷७४ मा रु पाँच लाख विनियोजन गरिए पनि अहिलेसम्म डिपिआर हुनसकेको छैन । निर्माणका लागि आउने रकम मध्येबाट कटाएर रु पाँच लाख डिपिआरका लागि छुट्याइए पनिराष्ट्रिय खेलकुँद परिषद्बाट त्यसका लागि टोली नखटाइएको र सो रकम पनि के मा खर्च भयो भनेर जानकारी नगराइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख छविलाल केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहको निर्वाचनमा काँग्रेसले बाजी मार्ने : गगन थापा
स्थानीय तहको निर्वाचनमा काँग्रेसले बाजी मार्ने : गगन थापा
धनगढी एक साताका लागि ‘लकडाउन’
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)
स्मार्ट विद्युतीय स्कुटर, जसमा छन् यस्ता विशेषता
स्मार्ट विद्युतीय स्कुटर, जसमा छन् यस्ता विशेषता
आन्दोलन उग्र बन्दै गएपछि, भिमदत्त नगरपालिकामा अनिश्चितकालिन कर्फ्यू
आन्दोलन उग्र बन्दै गएपछि, भिमदत्त नगरपालिकामा अनिश्चितकालिन कर्फ्यू
कतारमा नेपाली अलपत्र, ९ सय जनाले एउटै मेसमा खिचडी बनाएर खाँदै
कतारमा नेपाली अलपत्र, ९ सय जनाले एउटै मेसमा खिचडी बनाएर खाँदै
त्रिभुवन विश्वविद्यालय र चण्ढीगढ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
त्रिभुवन विश्वविद्यालय र चण्ढीगढ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश
छानबिन समितिको प्रतिवेदन पेश भयो
छानबिन समितिको प्रतिवेदन पेश भयो
आज कक्षा ११ को नतिजा ग्रेडिङमा सार्वजनिक हुँदै
आज कक्षा ११ को नतिजा ग्रेडिङमा सार्वजनिक हुँदै

तपाईंले छुटाउनुभयो कि?