रेल, गाडी र पानीजहाज यसै प्रदेशबाट चल्छः प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २, २०७५
|
|
४३ पटक हेरिएको
Shares
रेल, गाडी र पानीजहाज यसै प्रदेशबाट चल्छः प्रधानमन्त्री

सारांश

  • काठमाडाै, २ भदाै।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर दुई भाग्यमानी प्रदेश भएको बताएका छन्।
  • शनिबार दुई नम्बर प्रदेशको प्रदेशभसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रेल, गाडी जहाज तीन प्रकारका यातायातका साधन पहिला यही प्रदेशमा चल्ने भन्दै प्रदेश नम्बर दुई भाग्यमानी भएको बताए।

काठमाडाै, २ भदाै। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर दुई भाग्यमानी प्रदेश भएको बताएका छन्। शनिबार दुई नम्बर प्रदेशको प्रदेशभसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रेल, गाडी जहाज तीन प्रकारका यातायातका साधन पहिला यही प्रदेशमा चल्ने भन्दै प्रदेश नम्बर दुई भाग्यमानी भएको बताए। दुई नम्बर प्रदेशबाट छिट्टै पानीजहाज कोलकातासम्म पुग्ने उनले दावी गरे।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाली झण्डाबहाक पानीचाहज चलाउन सकिने बताए पनि त्यसलाई गलत ब्याख्य गरिएको भन्दै उनले अब पानीजहाज चलाएरै छाड्ने दावी गरे। ‘म पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालको झण्डा राखेर पानी जहाज कुदाउन सकिन्छ भनेको थिए, कुदाउछु पनि भनेको थिइनँ’ प्रधानमन्त्री ओलीले भने, ‘अब पानी जहाज कुदाउने कुदाउने।’

तराइ क्षेत्रको एतिहासिक र सांस्कृतिको महत्वको चर्चा गर्दै आफ्नो मन्तव्य सुरु गरेका प्रधामन्त्री ओलीले तराईको विकासका लागि आफू प्रतिबद्ध रहेको बताए। आफू नेतृत्वको वर्तमान सरकारले समग्र विकास बजेटको ७० प्रतिशत हिस्सा मधेका लागि छुट्टाएको उनले जानकारी दिए।

उनले आगामी पाँच वर्षभित्र हुलाकी राजमार्गको निर्माण सकिसक्ने दावी गरे। ‘ढिलोमा पाँच वर्षमा हुलाकी राजमार्ग निर्माण गर्नेगरी सरकार तयारीमा लागेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘अर्को पटकको चुनावमा हुलामी राजमार्गमा दौडिन सक्नुहुन्छ।’

प्रधानमन्त्री ओलीले सबैभन्दा पहिला रेल चल्ने प्रदेश दुई नम्बर प्रदेश नै भएको भन्दै रेलमार्ग विस्तारको प्रदेश पनि दुई नम्बर प्रदेश नै भएको बताए। मधेसमा मात्रै नभएर पूर्वपश्चिम र उत्तरदक्षिण रेलमार्गका लागि भारत र चीनसँग कुरा गरिसकेको बताए।
तराईमा कृषि क्षेत्रको विकासका लागि सिँचाइको व्यवस्था मुख्य भएको र त्यसका लागि सानाठूला सिँचाइको व्यवस्था गर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले दुई नम्बर प्रद्रेशकाे पर्यटकीय विकासका साथै औद्योगिक ग्राम निर्माण गर्ने, राजर्षी जनक विश्व विद्यालयको भौतिक अवस्थ सुधार राजविराजमा मेडिकल कलेज स्थापना गर्ने बताए। गणतन्त्रवादी नेता रामराजप्रसाद सिंहको नाममा मेडिकल कलेज खोल्ने गरी छलफल भैरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?