लगातार तेस्रो जितसँगै भैरहवा प्लेअफमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २६, २०७५
|
|
६३ पटक हेरिएको
Shares
लगातार तेस्रो जितसँगै भैरहवा प्लेअफमा

सारांश

  • काठमाडौं, २६ मंसिर – एभरेस्ट प्रिमियर लिग इपिएल टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत भैरहवा ग्लाडिएटर्स प्लेअफमा प्रवेश गरेको छ।
  • भैरहवाले बुधबार भएको खेलमा विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको हो।
  • यता लगातार २ जित हात पारेको विराटनगर भने तेस्रो खेलमा पराजित भयो।

यता लगातार २ जित हात पारेको विराटनगर भने तेस्रो खेलमा पराजित भयो। विराटनगरले दिएको ९२ रनको लक्ष्य भैरहवाले २ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्‍यो। भैरहवाको जितमा रोहितकुमार पौडेलले नटआउट ७ रन र मोहमद नावीदले नटआउट ३ रन जोडे।

भैरहवाका ओपनरद्वय प्रदीप ऐरी १० रन र कुशल मल्ल ७ रनमै आउट भए। रवि इन्दर सिंहले पनि १६ बलमा १२ रन भन्दा बढी जोड्न सकेनन्। रायन टेन डोकास्टेलाई २० रन बनाएर खेलिरहदा बसन्त रेग्मीले भान डेर मार्वीबाट क्याच गराए। कप्तान शरद भेषवाकर २३ बलमा १६ रन जोडेर आउट भएका थिए। आरिफ शेखले १ रन भन्दा बढी जोड्न सकेनन्।

बलिङमा विराटनगरका भान डेर मार्वीले २ विकेट लिए। करण केसी, भान मीकेरेन, रोविन क्षेत्री र बसन्त रेग्मीले १-१ विकेट हात पारे। टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरको ब्याटिङ राम्रो हुन सकेन। विराटनगर १८.४ ओभरमा ९१ रनमा अलआउट भयो। ओपनिङमा आएका कप्तान पारस खड्का १ रन तथा उनका ओपनिङ पार्टनर अनिलकुमार साह ४ रनमा आउट भए।

पारसलाई कृष्ण कार्कीले शरद भेषवाकरको क्याच गराए। अनिललाई मोहमद नाविदले रोहितकुमार पौडेलबाट क्याच गराए। लगत्तै बाबर हायतलाई कृष्ण कार्कीले ६ रनमै आउट गरे। आरिफ शेखलाई पनि नवीदले डकआउटको सिकार बनाए । विराटनगरले छैटौं ओभर चलिहरदा महत्वपूर्ण ४ गुमाएको थियो भने २० रन मात्र जोड्न सक्यो।

त्यसपछि भान डेर मार्वीले २५ रन जोडेर विराटनगरलाई अघि बढाउन कोशिस गरे। सुमीत महर्जनले १५ रन जोडे भने करण केसीले १५ बलमा १८ रनको योगदान दिए। बसन्त रेग्मी ५ रन, रोविन क्षेत्री ० र भान मीकेरेन २ रनमा आउट भए। हरि चौहानले नटआउट १३ रन जोडे।

बलिङमा भैरहवाका मोहमद नावीदले ४ विकेट लिए। उनले ४ ओभरमा १४ रन खर्चिए। बोहोराले २-२ विकेट लिए भने रायन टेन डोकास्टेले र शरद भेषवाकरले १-१ विकेट लिए।

(www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको प्रश्न ‘भारतीय बाँधबाट नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्दैन’?
ओलीको प्रश्न ‘भारतीय बाँधबाट नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्दैन’?
युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने
युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित
भैरवनाथ गणमा भएको विष्फोटमा घाइतेमध्ये ४ महिला सैनिक
भैरवनाथ गणमा भएको विष्फोटमा घाइतेमध्ये ४ महिला सैनिक
कांग्रेसले ७ जिल्लाका उम्मेदवार टुंग्यायो, कस–कसले पाए टिकट ? (सूचिसहित)
कांग्रेसले ७ जिल्लाका उम्मेदवार टुंग्यायो, कस–कसले पाए टिकट ? (सूचिसहित)
इटहरीमा पनि ‘बालिका बलात्कार’: इन्सपेक्टरबाटै गुपचुप
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो
अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो
स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य
स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य

तपाईंले छुटाउनुभयो कि?