वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुने
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
काठमाडौं, १ भदौ । भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । वाजपेयीको अन्त्येष्टिमा नेपालको प्रतिनिधित्व गर्दै ज्ञवाली सहभागी हुन लागेका हुन् ।
तीनपटकसम्म भारतको प्रधानमन्त्री बनेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको शुक्रबार अपरान्ह अन्त्यष्टि हुँदैछ । वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन नेपाली कांग्रेसले कार्यवाहक सभापतिसमेत रहेका उपसभापति विमलेन्द्र निधिलाई पठाउने भएको छ ।
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया