वाम एकतामा ७० वर्षको उमेर हदमा विवाद

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १३, २०७४
|
|
६४ पटक हेरिएको
Shares
वाम एकतामा ७० वर्षको उमेर हदमा विवाद

सारांश

  • ७० वर्षको उमेर हदमा विवाद एकीकृत पार्टीको अन्तरिम विधानमा केन्द्रीय कमिटी वा पदाधिकारीको उम्मेदवार बन्न ७० वर्षको उमेर हदबन्दी लगाउने कि नलगाउने भन्नेमा विवाद देखिएको छ ।
  • एमालेका अधिकांश नेता पार्टीले नवौँ महाधिवेशनदेखि कार्यान्वयनमा ल्याएकाले निरन्तरता दिनुपर्ने पक्षमा छन् भने माओवादी नेताहरूले खुला राख्नुपर्ने तर्क गरेका छन् ।
  • यद्यपि, कार्यदलकै एमालेका एक नेताले एमालेभित्र पनि उमेर हदबन्दी राख्ने कि नराख्ने मतैक्य नरहेको बताए ।

७० वर्षको उमेर हदमा विवाद

एकीकृत पार्टीको अन्तरिम विधानमा केन्द्रीय कमिटी वा पदाधिकारीको उम्मेदवार बन्न ७० वर्षको उमेर हदबन्दी लगाउने कि नलगाउने भन्नेमा विवाद देखिएको छ । एमालेका अधिकांश नेता पार्टीले नवौँ महाधिवेशनदेखि कार्यान्वयनमा ल्याएकाले निरन्तरता दिनुपर्ने पक्षमा छन् भने माओवादी नेताहरूले खुला राख्नुपर्ने तर्क गरेका छन् । यद्यपि, कार्यदलकै एमालेका एक नेताले एमालेभित्र पनि उमेर हदबन्दी राख्ने कि नराख्ने मतैक्य नरहेको बताए । एमाले उपाध्यक्ष वामदेव गौतमले उमेर हद राख्न नहुने भन्दै एमाले र माओवादी नेताहरूसमक्ष लबिङ गरिरहेका छन् ।

प्रधानमन्त्री–प्रचण्ड छलफल 
प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकतामा केन्द्रित रहेर सोमबार छलफल भएको छ । उनीहरूबीच शनिबार र आइतबार पनि पार्टी एकता र प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणअगावै एकता टुंग्याउँदा सकारात्मक सन्देश जाने भन्दै त्यसअनुसार कार्यदललाई प्रतिवेदनको तयारी गर्न निर्देशन दिइसकेका छन् ।

ओलीको प्रस्तावपछि राजनीतिक प्रतिवेदन तयारी र संगठन तथा विधानसम्बन्धी कार्यदलले तयारी तीव्र पारिरहेका वेला दुई अध्यक्षबीच छलफल भएको हो । केही दिनयता दुई नेताबीच लगातार एकताकेन्द्रित छलफल हुँदै आएको छ ।

राजनीतिक कार्यदलका संयोजक माधवकुमार नेपाल तथा संगठनसम्बन्धी कार्यदलका संयोजक रामबहादुर थापा पनि निरन्तर ओली र प्रचण्डसँग छलफलमा छन् । ‘आवश्यकताअनुसार नेताहरूबीच निरन्तर छलफल चलिरहेको छ, पार्टी एकता छिटो टुंग्याउने भनेपछि एक–दुईपटकको भेट नयाँ होइन,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने ।

नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरीमा भीषण आगलागी
इटहरीमा भीषण आगलागी
माधव नेपालले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने
माधव नेपालले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने
दर्जा हेरेर उपचारमा भेदभाव नगर्न प्रहरी महानिरीक्षकको निर्देशन
दर्जा हेरेर उपचारमा भेदभाव नगर्न प्रहरी महानिरीक्षकको निर्देशन
हवाई यात्राको भाडा घट्यो
हवाई यात्राको भाडा घट्यो
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण भदौको ३ गते अमेरिकामा हुदै
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण भदौको ३ गते अमेरिकामा हुदै
नेपाल मेडिसिटी र महालक्ष्मी विकास बैंकबीच विशेष सम्झौता
नेपाल मेडिसिटी र महालक्ष्मी विकास बैंकबीच विशेष सम्झौता
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन
धान भित्र्याउने अनुकूल समय: आगामी तीन दिन वर्षा नहुने, किसानलाई धान काट्न मौसमविद्को सुझाव
धान भित्र्याउने अनुकूल समय: आगामी तीन दिन वर्षा नहुने, किसानलाई धान काट्न मौसमविद्को सुझाव
रुकुम पश्चिममा प्रभाकर भारी मतले विजयी
रुकुम पश्चिममा प्रभाकर भारी मतले विजयी
टि–१० लिगको फाइनल आज, मराठा अरेबियन्स र डेक्कन ग्लाडिएटर्स भिड्दै
टि–१० लिगको फाइनल आज, मराठा अरेबियन्स र डेक्कन ग्लाडिएटर्स भिड्दै

तपाईंले छुटाउनुभयो कि?