विकास निर्माणमा सबै दलको सहकार्य जरुरी : मन्त्री शर्मा

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन १, २०७९
|
|
४६ पटक हेरिएको
Shares
विकास निर्माणमा सबै दलको सहकार्य जरुरी : मन्त्री शर्मा

सारांश

  • दाङ ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणमा सबै दलसँग सहकार्य आवश्यक भएको बताएकी छन् ।
  • नारायणपुर उद्योग वाणिज्य सङ्घ दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले विकास निर्माण कुनै दल विशेषको नहुने भन्दै त्यसका लागि स्थानीय तहसँगको सहकार्य आवश्यक रहेको बताइन् ।

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणमा सबै दलसँग सहकार्य आवश्यक भएको बताएकी छन् । नारायणपुर उद्योग वाणिज्य सङ्घ दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले विकास निर्माण कुनै दल विशेषको नहुने भन्दै त्यसका लागि स्थानीय तहसँगको सहकार्य आवश्यक रहेको बताइन् ।

गृह जिल्ला दाङ आएकी मन्त्री शर्माको स्वागत तथा सम्मानका लागि आज विहान कार्यक्रम आयोजना गरिएको थियो । विकास निर्माणको नेतृत्व आफूले गर्ने भन्दै त्यसका लागि आम जनतालाई सहयोग गर्न आग्रह गरेकी छन् ।

लामो समयदेखि घोराही–तुलसीपुर निमार्णाधिन चारलेन सडक अलपत्र रहेको भन्दै त्यसलाई अगाडि बढाउन अर्थमन्त्रीसँग छलफल भएको जानकारी दिइन् । आठ पटकसम्म ठेकेदार परिवर्तन हुँदा पनि सडक निर्माणले गति नलिएको भन्दै उहाँले सरकारले बजेट सुनिश्चित गरी ठेक्का सम्झौता तोड्ने तयारी गरेको उल्लेख गरिन् ।

सञ्चार मन्त्रालय देशको राष्ट्रियतासँग जोडिने मन्त्रालय भएपनि आफ्नो मन्त्रालयलाई नागरिकसँग कसरी जोड्न सकिन्छ भनेर ध्यान दिएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुख काट्न नपाउँदा सडक कालोपत्रको काममा ढिलाइ
रुख काट्न नपाउँदा सडक कालोपत्रको काममा ढिलाइ
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा
प्रधानमन्त्री ज्यु कोदालो बोकेर खाल्डो मात्र बन्छ, धरहरा बन्दैन !
प्रधानमन्त्री ज्यु कोदालो बोकेर खाल्डो मात्र बन्छ, धरहरा बन्दैन !
मधेस केन्द्रित दलको  ठूला नेताहरू  प्रवेश गर्दै, ओलीले स्वागत गर्ने……..
मधेस केन्द्रित दलको ठूला नेताहरू प्रवेश गर्दै, ओलीले स्वागत गर्ने……..
पाइपबाट घरघरमा ग्यासको उद्घाटन गर्दै  प्रधानमन्त्री  ओली
पाइपबाट घरघरमा ग्यासको उद्घाटन गर्दै प्रधानमन्त्री ओली
निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार ः अर्थमन्त्री
निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार ः अर्थमन्त्री
उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त
उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त
मेलम्ची खानेपानी आयोजना, सुरुङमा पानी हालेर परीक्षण सुरु
मेलम्ची खानेपानी आयोजना, सुरुङमा पानी हालेर परीक्षण सुरु
सडकमा कोही भोकै हिँड्नुपर्दैन : प्रधानमन्त्री
सडकमा कोही भोकै हिँड्नुपर्दैन : प्रधानमन्त्री
प्रधानमन्त्रीको प्रश्न : माइतीघर मण्डला आमसभा, जुलुसका लागि उपयुक्त ठाउँ हो ?
प्रधानमन्त्रीको प्रश्न : माइतीघर मण्डला आमसभा, जुलुसका लागि उपयुक्त ठाउँ हो ?

तपाईंले छुटाउनुभयो कि?