निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार ः अर्थमन्त्री

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १, २०७५
|
|
३९ पटक हेरिएको
Shares
निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार ः अर्थमन्त्री

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौँ, १ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले तीन÷चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताए ।लघुवित्त संघ नेपालले यहाँ आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उहाँले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन्  ।

“कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उनले भने , “हामी समृद्धिको यात्रामा रहेकाले निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ ।” उनले स्थानीय तहसँग मिलेर लघुवित्तले गरिबी हटाउन भूमिका खेल्नुपर्ने बताए । उनले लघुवित्त संस्थाले सदस्य सङ्ख्या धेरै बनाएर सर्वसाधारणलाई गरीबमै राख्नुभन्दा थोरैमा धेरै लगानी गरेर उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्नुपर्नेमा जोड दिए । उनले साना व्यवसायलाई बंैकले लगानी नगर्ने भएकाले लघुवित्तले नै लगानी गरेर सहयोग गरिरहेकोसमेत बताएका छन् ।

मन्त्री खतिवडाले लघुवित्तले उद्यमशीलतासँगै पूँजीमा लगानी गर्नुपर्नेमा जोड दिए । महिला सशक्तीकरणका लागि लघुवित्तले लगानी बढाए, मुलुकले आर्थिक परिवर्तनको पाइला टेक्ने बताउँदै मन्त्री खतिवडाले उद्यमशीलतामा लगानी बढाउँदा लघुवित्तलाई कानूनी र प्राविधिक समस्या परे सरकारले सहयोग गर्न तयार रहेको जानकारी गराए ।

अर्थमन्त्री खतिवडाले मुलुकमा ७० प्रतिशतभन्दा बढी गरीब तथा साना परिवार रहेको उल्लेख गर्दै तीनलाई माथि उकास्न लघुवित्तले लगानीलाई प्राथमिकता दिनुपर्ने बताए । आर्थिक उन्नतिलाई माथि उकास्न सरकार लागिपरेको भन्दै उनले भने, “साना तथा मझौला व्यवसायले कूल गार्हस्थ उत्पादनको ९० प्रतिशत सहयोग पु¥याएका छन् । त्यसैले ती व्यवसायमा लघुवित्तले लगानी गर्नुपर्दछ ।”

उनले लघुवित्तमाथि लागेको आरोपलाई झूठो सावित गरेर जानुपर्ने भन्दै भूकम्पपछि अर्थतन्त्रमा केही धक्का लागे पनि अहिले पुनःस्थापित हुन थालेकोसमेत जानकारी गराएका छन् । कार्यक्रममा लघुवित्त सङ्घका अध्यक्ष पदमना शाक्यले गाउँघरका स्रोतसाधन र सीपलाई परिचालन गर्नेगरी ऋण प्रवाह गर्ने बताए । उनले लघुवित्तले महिलालाई सशक्तीकरण गर्न सहयोग गरिरहेकोसमेत बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Thapa Bishnu

    गरीवको डाड भाच्ने अर्थ मन्त्री

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?