विद्यालयमा अब विदेशी गीत प्रतिबन्ध

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १४, २०७३
|
|
१५७ पटक हेरिएको
Shares

सारांश

  • सरकारले विद्यालयमा आयोजना हुने वार्षिक उत्सव, अभिभावक भेला, सांस्कृतिक कार्यक्रम लगायत कुनै पनि कार्यक्रममा विदेशी गीत पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ।
  • यो खबर हामीले आजको नेपाल समाचारपत्रबाट लिएका हौ।
  • शिक्षा विभागले निर्देशन विपरीत विदेशी गीत संगीत प्रस्तुत गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

सरकारले विद्यालयमा आयोजना हुने वार्षिक उत्सव, अभिभावक भेला, सांस्कृतिक कार्यक्रम लगायत कुनै पनि कार्यक्रममा विदेशी गीत पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ। यो खबर हामीले आजको नेपाल समाचारपत्रबाट लिएका हौ।

शिक्षा विभागले निर्देशन विपरीत विदेशी गीत संगीत प्रस्तुत गरे कारबाही गर्ने चेतावनी दिएको छ । यसअघि दिएको निर्देशन पालना नभएपछि विभागले पुनःनिर्देशन दिएको हो । विभागले सबै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय निर्देशनालयलाई पत्राचार गरी विभागको निर्देशनअनुसार अनुगमन गर्न समेत निर्देशन गरेको छ । विभागले गरेको परिपत्रमा नेपाली लोक संस्कृति र राष्ट्रियता झल्कने गीत, संगीत र नृत्यहरु समावेश गराउन निर्देशन दिएको हो ।

अन्य भाषाको गीतले विद्यालय क्षेत्रमा सांस्कृतिक विकृति बढ्न थालेपछि सरकारले त्यस्ता कार्यक्रम सञ्चालन नगर्न पूर्ण रुपमा लोक लगाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?