विद्यालय भवन निर्माणमा सहयोग जुट्यो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १८, २०७५
|
|
५४ पटक हेरिएको
Shares
विद्यालय भवन निर्माणमा सहयोग जुट्यो

सारांश

  • बेझाड, १८ माघ , रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणमा सहयोग जुटेको छ ।
  • खुल्ला चौर, चौतारी, सामुदायिक भवन हुँदै हाल टहरामा सञ्चालित यस विद्यालयको पक्की भवन निर्माणमा रु ३३ लाख बराबरको रकम सहयोग प्राप्त भएको छ ।
  • राष्ट्रिय समाचार समिति (रासस) मा पटकपटक यस विद्यालय भवनको समस्या सम्बन्धमा समाचार प्रकाशन भएपछि समाचारको प्रभावकै कारण भवन निर्माणमा आर्थिक सहयोग जुटेको छ ।

बेझाड, १८ माघ , रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणमा सहयोग जुटेको छ । खुल्ला चौर, चौतारी, सामुदायिक भवन हुँदै हाल टहरामा सञ्चालित यस विद्यालयको पक्की भवन निर्माणमा रु ३३ लाख बराबरको रकम सहयोग प्राप्त भएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) मा पटकपटक यस विद्यालय भवनको समस्या सम्बन्धमा समाचार प्रकाशन भएपछि समाचारको प्रभावकै कारण भवन निर्माणमा आर्थिक सहयोग जुटेको छ ।

जापानी नागरिक काजुमासा काकीमी (ओकेबाजे)मार्फत चार कोठे भवनका लागि रु १० लाख र भौतिक योजना पुनःनिर्माण आयोजना पाल्पामार्फत दुई कोठे भवन निर्माण गर्न रु २३ लाख रकम सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताउनुभयो ।

“अहिले ओकेबाजेमार्फत रु आठ लाखको चेक आइसकेको र दुई लाखपछि दिने सहमति भएको छ भने भौतिक योजना पुनःनिर्माण आयोजना पाल्पामार्फत रु २३ लाख रकमको काम गर्न अनुमति पाइसकिएकाले अब केही समयमा नै भवन शिलान्यास गरी काम शुरु गर्नेछौँ”, प्रअ घिमिरेले भन्नुभयो ।

शिक्षा शाखाको पहलमा भौतिक योजना पुनःनिर्माण आयोजना पाल्पामार्फत विद्यालयमा भवन निर्माणको योजना पार्न सफल भएको नगर शिक्षा अधिकृत रमाकान्त अर्याल बताउनुहुन्छ । विद्यालयमा टड्कारो रूपमा देखिएको शौचालय समस्या पनि समाधान गर्न नगरपालिकासँग छलफल भइरहेको अधिकृत अर्यालले बताउनुभयो ।

न्यून विद्यार्थीका कारण गाभिन लागेको यस विद्यालयमा गत वर्ष आठ विद्यार्थी वार्षिक परीक्षामा सहभागी थिए । विद्यार्थी कम भएपछि यसै शैक्षिक सत्रदेखि गाभिने तयारीमा रहेको विद्यालय अहिले पहिलेको ठाउँबाट केही तल बस्ती नजिकै सरेपछि भवन अभावको समस्या भएको हो ।

भवन अभावमा कहिले खुला चौर, चौतारी, सामुदायिक भवन हुँदै हाल टहरा निर्माण गरेर विद्यालय सञ्चालन भइरहेको छ । विद्यालयमा हाल ४५ विद्यार्थी, आठ शिक्षक कर्मचारी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महत लक्षित बम विष्फोटको कांग्रेसद्वारा निन्दा
महत लक्षित बम विष्फोटको कांग्रेसद्वारा निन्दा
नेपालमा उत्तरकोरियाको जस्तो होइन चाइनाको जस्तो बिकाश गर्ने छ – पुर्बमन्त्रि बस्नेत
नेपालमा उत्तरकोरियाको जस्तो होइन चाइनाको जस्तो बिकाश गर्ने छ – पुर्बमन्त्रि बस्नेत
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
अब गाउँपालिका, नगरपालिकामा बजेट कसले बनाउला!
अब गाउँपालिका, नगरपालिकामा बजेट कसले बनाउला!
याे समुद्रि तट जहाँ पुरुष जान मनाहि छ !
याे समुद्रि तट जहाँ पुरुष जान मनाहि छ !
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
डा.बाबुराम भट्टराईमा एक्कासी किन जाग्यो प्रेम ?
डा.बाबुराम भट्टराईमा एक्कासी किन जाग्यो प्रेम ?
तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न माग
अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न माग
संचारकर्मी तथा मोडल राजेन्द्र लुईटेल अन्तराष्ट्रिय राईजिङ स्टार अवार्ड २०१७ बाट सम्मानित
संचारकर्मी तथा मोडल राजेन्द्र लुईटेल अन्तराष्ट्रिय राईजिङ स्टार अवार्ड २०१७ बाट सम्मानित

तपाईंले छुटाउनुभयो कि?