विवाह गरेको तीन मिनेटमै पारपाचुके

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
५२ पटक हेरिएको
Shares
विवाह गरेको तीन मिनेटमै पारपाचुके

सारांश

  • विवाहलाई सात जन्मसम्मको बन्धन मानिए पनि बन्धनमा बाँधिएको तीन मिनेटभित्रै एक जोडीले ‘डिभोर्स’ गरेर संसारलाई अचम्म पारिदिएका छन् ।
  • ।
  • अन्तराष्ट्रिय सञ्चारमाध्यामका अनुसार दुलहाले बोलेको एक शब्दका कारण बेहुलीले विवाहलगत्तै आफ्नो सम्बन्ध तोडेकी छिन्।

विवाहलाई सात जन्मसम्मको बन्धन मानिए पनि बन्धनमा बाँधिएको तीन मिनेटभित्रै एक जोडीले ‘डिभोर्स’ गरेर संसारलाई अचम्म पारिदिएका छन् ।। अन्तराष्ट्रिय सञ्चारमाध्यामका अनुसार दुलहाले बोलेको एक शब्दका कारण बेहुलीले विवाहलगत्तै आफ्नो सम्बन्ध तोडेकी छिन्।

कुवेतमा बस्ने यो जोडी विवाह गरेर श्रीमान/श्रीमती को रुपमा आफ्नो घरसम्म पनि पुग्न सकेनन्। यो विवाह कुवेतमा अहिलेसम्मकै इतिहासमा सबैभन्दा छोटो विवाह भएको बताइएको छ।

विवाहको कानूनी प्रक्रिया समाप्त भएपछि यो जोडीले कोर्टहाउसबाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो विवाह तोडेकी थिइन्। कोर्टबाट बाहिर निस्किरहेको बेला–बेहुली हिँड्दाहिँड्दै लडेकी थिइन्।

लडेपछि बेहुलाले उनलाई ‘स्टुपिड’ अर्थात् मूर्ख भनेर बोलाएका थिए। ‘क्यू एट न्यूज’ का अनुसार बेहुलाले आफूलाई मूर्ख भनेपछि बेहुली एकदम रिसाएर जजसँग तत्काल सम्बन्धविच्छेद गराइदिने माग गरेकी थिइन्।

जजले पनि उनको मागलाई सम्बोधन गरे। ती जोडीको विवाह दर्ता गराएका जजले नै तीन मिनेटपछि उनीहरूको सम्बन्धविच्छेद गराए। उक्त समाचार भाइरल भएपछि अधिकांश मानिसहरूले बेहुलीको पक्ष लिएर उनले सही निर्णय लिएको बताएका छन्। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?