विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा प्रहरी हस्तक्षेप !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २८, २०७५
|
१
|
५० पटक हेरिएको
Shares
विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा प्रहरी हस्तक्षेप !

सारांश

  • काठमाडाै, २८ वैशाख ।
  • उदाउँदो राजनीतिक शक्तिको रुपमा देखिएको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा बखुन्डोल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा सो पार्टीले राखेको तुलमा उल्लिखित भाषालाई लिएर प्रहरीले हस्तक्षेप गरेको हो।

काठमाडाै, २८ वैशाख । उदाउँदो राजनीतिक शक्तिको रुपमा देखिएको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा बखुन्डोल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा सो पार्टीले राखेको तुलमा उल्लिखित भाषालाई लिएर प्रहरीले हस्तक्षेप गरेको हो। ललितपुर जिल्ला प्रशासन कार्यालयको निर्देशनमा डिएसपीकाे नेतृत्वमा गएकाे प्रहरी टोलीले पार्टी केन्द्रीय कार्यालयमा झुन्ड्याइएको नाकाबन्दीविराेधी ब्यानर च्यातेको छ।

साे पार्टीले माेदीकाे भ्रमणलाइ लिएर ‘मोदीजी स्वागत छ। तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने तुल टाँगेकाे थियाे। प्रहरी हस्तक्षेपपछि विवकेशी साझाका नेताहरु रवीन्द्र मिश्र, उज्ज्वल थापा, मिलन पाण्डेसहित जिल्ला प्रशासन कार्यालय ललितपुरमा उपस्थित भएका छन्।

ओली सरकारको अलोकतान्त्रिक कदम
केन्द्रीय समिति बैठक चलिरहँदा प्रशासनबाट भएको हस्तक्षेपलाई विवेकशील साझा पार्टीले ओली सरकारको अलोकतान्त्रिक कदम भनेको छ। ‘हामी केन्द्रीय समिति बैठक बसिरहेका बेला जिल्ला प्रशासन ललितपुरकाे अादेशमा अाएकाे प्रहरी टाेलीले हस्तक्षेप गर्ने काम गर्याे’, पार्टी केन्दीय सदस्य मिलन पाण्डेले नेपालखबरसँग भने, ‘याे अाेली सरकारकाे अलाेकतान्त्रिक कदम हाे। तुल राख्न पाउने हाम्रो राजनैतिक र कानुनी अधिकार हो। प्रहरीको कदमकाे भर्त्सना गर्दछाैं’ पाण्डेले भने।

 

यसअघि विवेकशील साझा पार्टीले नाकाबन्दीका लागि भारतीय प्रधानमन्त्री माेदीले माफी माग्नुपर्ने माग गरेकाे थियाे।

यस्ताे तुल टाँगिएकाे थियाे विवेकशील साझा पार्टी केन्द्रीय कार्यालयमा

२०७२ असोज ३ गते जननिर्वाचित संविधान सभाले संविधान जारी गरेकाेमा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि करिब ६ महिना लामो नाकाबन्दी गरेकाे थियाे। साे नाकाबन्दीका कारण नेपालमा अाैषाधि, अक्सिजनदेखि दैनिक उपभाेग्य वस्तु अभाव भएकाे थियाे।

नेपालकाे वर्तमान संविधानका ७ बुँदामा संशाेधन गर्न दवाब दिँदै नाकाबन्दी गरे पनि माेदी नेपाल अाउँदा कुनै साे पार्टीबाहेक अरूले नाकाबन्दीकाे विषय उठाउन सकेका छैनन्।

अर्काेतर्फ नाकाबन्दीपीडित सर्वसाधारणले ट्विटरमा ‘ह्यासट्याग ब्लकेड वाज क्राइम मिस्टर मोदी’ ट्रेन्डिङ गराइरहेका छन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Narendra Tandan

    ल हेर्नुस।केपी ओली र सरकार लाई ई तिन फोटो हरु मा देस टुक्राउने कुरा राम्रो लायो केहि गरेनन तर बिबेगसिल साझा ले यो देस र जनता को आवाज उठाउदा पोलिस लगाएर चेतेर फालीदीयो।भन्नुस ओली र तिनको आसेपासे को रास्टबाद कस्तो रहिच्छ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?