विश्वकपः यी ५ फास्ट बलरमाथि केन्द्रित हुनेछ सबको नजर
सारांश
- काठमाडौं।
- विश्वकप क्रिकेट सुरु हुनै लागेको छ ।
- यसका लागि अभ्यास खेलहर सुरु भइसकेका छन् ।
काठमाडौं। विश्वकप क्रिकेट सुरु हुनै लागेको छ । यसका लागि अभ्यास खेलहर सुरु भइसकेका छन् । यो विश्वकपमा केही यस्ता फास्ट बलरहरु खेल्दैछन् जो आफ्नो गतिका साथ रिभर्स स्विङको माध्यमबाट ब्याट्सम्यानलाई समस्यामा पार्न सक्छन् । यो विश्वकपमा ५ जना फास्ट बलरले सबैको ध्यान तान्ने अपेक्षा गरिएको छ ।
१. जसप्रित बुमराह – भारतः १५० किलोमिटर प्रतिघण्टाभन्दा तीब्र गतिमा बलिङ गर्ने बुमराह भारतको बलिङका मेरुदण्ड हुन् । उनको बलिङ एक्सन हेरेर उनको बलको गति अनुमान लगाउन सकिँदैन । हालैको आइपिएलमा १६ खेलमा १९ विकेट लिएका बुमराह डेथ ओभरमा योर्कर र स्लो बाउन्सर फाल्न पनि सक्षम छन् ।
२. कागिसो रबाडा – दक्षिण अफ्रिकाः २३ वर्षका यी तीब्रगतिका बलरले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको ३ वर्ष मात्र भयो । रबाडालाई पनि बलिङ गर्दै गरेको हेरेर उनको गति अनुमान लगाउन सकिन्न । आइपिएलको यो सिजनमा दिल्ली क्यापिटल्सका लागि खेलेका उनले १२ खेलमा २५ विकेट लिए ।
३. मिचेल स्टार्क – अस्ट्रेलियाः २०१५ को विश्वकपमा २२ विकेट लिएर अस्ट्रेलियालाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका स्टार्क पुनः विश्वकपमा आउँदैछन् । विश्वकपअघि केही समय फिटनेसका कारण नखेलेका भए पनि उनलाई कम आँक्न सकिँदैन । अस्ट्रेलियाको बलिङको बागडोर उनकै हातमा हुनेछ ।
४. ट्रेन्ट बोल्ट – न्यूजिल्याण्डः हालै वसिम अकरमले बोल्टलाई संसारका सबैभन्दा उत्कृष्ट बायाँहाते पेसर भनेका थिए । बोल्टसँग रफतारसँगै बल स्विङ गराउन सक्ने कला छ । २०१५ को विश्वकपमा उनले २२ विकेट लिएका थिए ।
५. हसन अली – पाकिस्तानः २४ वर्षका हसन अलीलाई पाकिस्तानको नयाँ पिढीका सबैभन्दा होनहार बलर मानिन्छ । उनीसँग रफ्तार र स्विङ दुवै छन् । २०१७ मा पाकिस्तानले च्याम्पियन्स ट्रफी जित्दा हसनको भूमिका अहम थियो ।
प्रतिक्रिया