विश्वकप क्रिकेटः बंगलादेशमाथि भारतको सहज जीत

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ९, २०८१
|
|
३४ पटक हेरिएको
Shares
विश्वकप क्रिकेटः बंगलादेशमाथि भारतको सहज जीत

सारांश

  • काठमाडौं।
  • आइसिसी टी-२० विश्वकपअन्तर्गत ‘सुपर-८’मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ।
  • शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो।

काठमाडौं। आइसिसी टी-२० विश्वकपअन्तर्गत ‘सुपर-८’मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ।

शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो।

भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४६ रन मात्रै बनाउन सक्यो। बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रन बनाए। तन्जिद हसन २९, रिशाद हुसेन २४, लिटनकुमार दास १३, महमुदउल्लाह १३ र शाकिब अल हसन ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याको नाममा एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो। भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले अर्धशतकीय पारी खेले। उनले २७ बलमा ५० रन पूरा गरे।

विराट कोहलीले ३७ रनको योगदान दिए। कप्तान रोहित २३, ऋषभ पन्त ३६, शिवम दुबे ३४ तथा सुर्यकुमार यादवले छ रन बनाए। अक्षर पटेल ३ रनमा अविजित रहे।

यता, बलिङतर्फ बंगलादेशको लागि तान्जिन साकिब र रिशाद हुसेनले समान दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट हात पारे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
सेक्स काण्डमा पक्राउ परे चर्चित हेरोइनहरु !!!
सेक्स काण्डमा पक्राउ परे चर्चित हेरोइनहरु !!!
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार  .
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार .
अघिल्लो निर्वाचनको लागि दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने
अघिल्लो निर्वाचनको लागि दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने
निर्वाचन परिणाम सार्वजनिक गर्न माग
निर्वाचन परिणाम सार्वजनिक गर्न माग
कांग्रेसभित्र पदाधिकारी मनोनयनमा किचलो
कांग्रेसभित्र पदाधिकारी मनोनयनमा किचलो
तोरीमा आत्मनिर्भर बन्दै झापा
तोरीमा आत्मनिर्भर बन्दै झापा
पहिलो चरण चुनाव : आज अन्तिम प्रचार
पहिलो चरण चुनाव : आज अन्तिम प्रचार
श्रीमतीसँगको विवादपछि आफैले बन्दुक हानेर आत्महत्या प्रयास
श्रीमतीसँगको विवादपछि आफैले बन्दुक हानेर आत्महत्या प्रयास
सामाजिक संजालमा दीपिका र प्रियंकाका ‘फेक फलोअर’ धेरै
सामाजिक संजालमा दीपिका र प्रियंकाका ‘फेक फलोअर’ धेरै