विश्वकप लिग-२ मा आज नेपालको सामना अमेरिकासँग

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०८१
|
|
४१ पटक हेरिएको
Shares
विश्वकप लिग-२ मा आज नेपालको सामना अमेरिकासँग

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा आज अमेरिकाको सामना गर्दै छ। एकदिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ।

यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ।

क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो। नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन्।

नेपालले सिरिजको पहिलो खेल आइतबार राति अमेरिकाविरुद्ध खेल्दै छ भने अक्टोबर २९ मा स्कटल्याण्डसँग, नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।

लिग-२ को अंक तालिका

तेस्रो पटक लिग-२ खेल्न लागेको नेपालको यस सिजनमा प्रदर्शन भने निकै कमजोर रहेको छ । लिग २ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ । नेपालले अहिलेसम्म खेलेका ८ खेलमा केवल एक खेल मात्र जितेको छ भने ६ खेलमा पराजित भएको छ । जबकी एक खेल अनिर्णित हुदा अंक बाँडेको थियो ।

अहिलेसम्म १२ खेल खेल्दै १६ अंकसहित क्यानडा शिर्ष स्थानमा छ भने अमेरिका ९ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डस ८ खेलमा १२ अंक हासिल गर्दै तेस्रो र स्कटल्याण्ड ८ खेलमा ११ अंक हासिल गर्दै चौथो स्थानमा छ भने नामिबिया १२ खेलमा १० अंक हासिल गर्दै पाँचौ स्थानमा छ ।

त्यस्तै ओमान ८ खेलमा ६ अंक हासिल गर्दै छैटौं र नेपाल ८ खेलमा ३ अंक हासिल गर्दै सातौं स्थानमा छ । त्यस्तै युएई ७ खेलमा २ अंक हासिल गरेर पुछारमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मासिक प्रगति प्रतिवेदन बुझाउन सञ्चारमन्त्रीको निर्देशन
मासिक प्रगति प्रतिवेदन बुझाउन सञ्चारमन्त्रीको निर्देशन
सर्वाधिक सगरमाथा चढ्ने कीर्तिमान कामिरिता शेर्पाको नाममा
सर्वाधिक सगरमाथा चढ्ने कीर्तिमान कामिरिता शेर्पाको नाममा
यसरी हुन्छ यातायात व्यवस्था विभागमा सक्कली लाइसेन्सको करोडौंको धन्दा !
यसरी हुन्छ यातायात व्यवस्था विभागमा सक्कली लाइसेन्सको करोडौंको धन्दा !
मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु
मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने: अर्थमन्त्री खतिवडा
“पृथ्वीराज”मा अक्षय कुमार
“पृथ्वीराज”मा अक्षय कुमार
असार ४ गते बुधबारको राशीफल यस्तो छ, सांगीतिक रुची देखि राज्यबाट सम्मान मिल्नेसम्मको योग
महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी
महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी
अर्बौंको भ्रष्टाचारसामु कौडीको विकास
अर्बौंको भ्रष्टाचारसामु कौडीको विकास
फेसबुकको अध्यक्षबाट मार्क जुकरबर्गलाई हटाउने योजना असफल
फेसबुकको अध्यक्षबाट मार्क जुकरबर्गलाई हटाउने योजना असफल